back
CTIZAN AD

कर्णाली घटना दोहोरिने आशंका, अन्तिम निर्णय लिने तयारीमा ओली

वि.सं.२०७८ वैशाख १२ आइतवार

639 

shares

वैशाख १२, काठमाडौं । नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षमाथि थप कारबाही गर्नुपर्ने विषय उठेको छ । आइतबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको तयारी कर्णाली घटना दाेहाेर्‍याउने खालको भएको बताएका थिए ।

पार्टी प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकमा अध्यक्ष ओलीले स्पष्टीकरणपश्चातको कारबाही बारे नेताहरूलाई जानकारी गराएका थिए । उनका अनुसार बैठकमा थप कारबाहीकाे विषयबारे नेताहरूबीच समिक्षा चलेकाे थियाे ।

‘स्पष्टीकरणको विषयमा प्रधानमन्त्री जीले अलिकति जानकारी गराउनु भयो, अस्ति नै बैठकले त्यसबारेमा छलफल गरेर आवश्यक प्रस्ताव तयार गर्नको निम्ति स्थायी समितिलाई भनेको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन्’, प्रवक्ता ज्ञवालीले भनेका छन्, ‘आज अलिकति स्थीतिको समिक्षा गर्यौं ।’

उनका अनुसार सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको छ र उक्त तयारीमा माधव नेपाल पक्षले सहयोग गर्ने तयारीसमेत गरेको सूचना एमालेले पाएकाे छ। प्रवक्ता ज्ञवालीले माधव पक्षले कर्णाली घटना दाेहाेर्‍याउने तयारी गरेकाे जानकारी पाएकाेसमेत बताए ।

‘प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने कुरा धेरै ठूलो भएन तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका, त्यस्ता प्रयासहरु भईरहेको जानकार छौं’, ज्ञवालीले भने ।

ज्ञवालीका अनुसार जसबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने तयारी पनि गरेको छ । ‘तिनिहरुका बारेमा हामीले आवश्यक जानकारी लिईरहेका छौं, आवश्यक निर्णय उपयुक्त समयमा गरिनेछ’, उनले भनेका छन् ।

यसअघि बैठकले स्पष्टीकरणबारे थप निर्णय लिन स्थायी समितिलाई जिम्मेवारी दिने तयारी गरेको थियो । जसअनुसार छिट्टै नै एमालेले निर्णय लिने तयारी गरिएको बुझिएको छ ।

स्मरणरहोस् पछिल्लो समय नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीसँग मिलेर सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने विषयमा अन्तिम छलफल चलाइरहेको छ । जसको लागि एमालेकाे माधव पक्षसँग पनि भित्रि छलफल चलिरहेको विषय बाहिर आएकाे छ ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, माधव पक्षलाई थप कारबाही गर्ने तयारी

वि.सं.२०७८ वैशाख १२ आइतवार १३:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...