back

कर्णाली घटना दोहोरिने आशंका, अन्तिम निर्णय लिने तयारीमा ओली

वि.सं.२०७८ वैशाख १२ आइतवार

123 

shares
RBB AD
NTC AD

वैशाख १२, काठमाडौं । नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षमाथि थप कारबाही गर्नुपर्ने विषय उठेको छ । आइतबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको तयारी कर्णाली घटना दाेहाेर्‍याउने खालको भएको बताएका थिए ।

पार्टी प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकमा अध्यक्ष ओलीले स्पष्टीकरणपश्चातको कारबाही बारे नेताहरूलाई जानकारी गराएका थिए । उनका अनुसार बैठकमा थप कारबाहीकाे विषयबारे नेताहरूबीच समिक्षा चलेकाे थियाे ।

‘स्पष्टीकरणको विषयमा प्रधानमन्त्री जीले अलिकति जानकारी गराउनु भयो, अस्ति नै बैठकले त्यसबारेमा छलफल गरेर आवश्यक प्रस्ताव तयार गर्नको निम्ति स्थायी समितिलाई भनेको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन्’, प्रवक्ता ज्ञवालीले भनेका छन्, ‘आज अलिकति स्थीतिको समिक्षा गर्यौं ।’

उनका अनुसार सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको छ र उक्त तयारीमा माधव नेपाल पक्षले सहयोग गर्ने तयारीसमेत गरेको सूचना एमालेले पाएकाे छ। प्रवक्ता ज्ञवालीले माधव पक्षले कर्णाली घटना दाेहाेर्‍याउने तयारी गरेकाे जानकारी पाएकाेसमेत बताए ।

‘प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने कुरा धेरै ठूलो भएन तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका, त्यस्ता प्रयासहरु भईरहेको जानकार छौं’, ज्ञवालीले भने ।

ज्ञवालीका अनुसार जसबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने तयारी पनि गरेको छ । ‘तिनिहरुका बारेमा हामीले आवश्यक जानकारी लिईरहेका छौं, आवश्यक निर्णय उपयुक्त समयमा गरिनेछ’, उनले भनेका छन् ।

यसअघि बैठकले स्पष्टीकरणबारे थप निर्णय लिन स्थायी समितिलाई जिम्मेवारी दिने तयारी गरेको थियो । जसअनुसार छिट्टै नै एमालेले निर्णय लिने तयारी गरिएको बुझिएको छ ।

स्मरणरहोस् पछिल्लो समय नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीसँग मिलेर सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने विषयमा अन्तिम छलफल चलाइरहेको छ । जसको लागि एमालेकाे माधव पक्षसँग पनि भित्रि छलफल चलिरहेको विषय बाहिर आएकाे छ ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, माधव पक्षलाई थप कारबाही गर्ने तयारी

वि.सं.२०७८ वैशाख १२ आइतवार १३:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

सुनको मूल्यमा एक हजारले गिरावट, आज कति छ प्रतितोला ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ ।...

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन (ललितपुर) । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा...

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको...