back
CTIZAN AD

पत्रकार श्रेष्ठका तस्वीर निगुपुखमा

वि.सं.२०७८ वैशाख १२ आइतवार

687 

shares

१२ बैशाख, मध्यपुरथिमि । राष्ट्रिय समाचार समिति रासस का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गरेका हुन् ।
मध्यपुर सञ्चार समाजले आयोजना गरेको प्रदर्शनीमा गोरखा भूकम्पबाट क्षति भएका काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रका पुरातात्विक सम्पदा, मठमन्दिर, गुम्बा, सार्वजनिक संरचना, निजी घरलगायत तस्वीर राखिएको छ । प्रदर्शनीमा खासगरी धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, स्वयम्भू, जयवागेश्वरी, विश्वरुपा, पाटन दरबार, कुम्भेश्वर, बुङ्मती, इन्द्रायणी, भक्तपुर दरबार क्षेत्रका दत्तात्रय, सूर्यमढी, मध्यपुरथिमिलगायत भूकम्पबाट क्षति भएको अवस्थाका सम्पदाका तस्वीर समेटिएको छ ।

अरनिको राजमार्गको कौशलटारमा भूकम्पबाट भास्सिएर क्षतिग्रस्त सडकसहित १०७ तस्वीर प्रदर्शनीमा राखिएको जनाइएको छ । तस्वीरमा खास गरी भूकम्पपछि भत्किएका सम्पदा र घरका क्षतिग्रस्त अवस्था, घाइतेको उद्धारमा संलग्न सुरक्षाकर्मी, भत्किएका संरचना हटाउन भइरहेका प्रयासलगायत अवस्था समेटिएको छ ।

आयोजक समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले प्रदर्शनीका लागि आफूलाई प्रेरित गर्नाका साथै राससको समेत चिनारी र ओज बढ्ने विश्वासका साथ प्रदर्शनी आयोजना गरिएको फोटो पत्रकार श्रेष्ठले जानकारी दिए। नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकार श्रेष्ठले प्रदर्शनीमा राखिएका ऐतिहासिक महत्वका तस्वीर सबैको कौतुहल र चासोका विषय बन्ने धारणा राखे। प्रदर्शनीमार्फत विसं २०७२ वैशाख १२ का मुख्य र त्यसपछि वैशाख १३ र २९ गतेका ठूला परकम्पबाट क्षतिग्रस्त विकराल दृश्यको स्मरण गराइएको छ ।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १३:०५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...