back

पत्रकार श्रेष्ठका तस्वीर निगुपुखमा

वि.सं.२०७८ वैशाख १२ आइतवार

114 

shares
NTC AD
Global IME AD

१२ बैशाख, मध्यपुरथिमि । राष्ट्रिय समाचार समिति रासस का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गरेका हुन् ।
मध्यपुर सञ्चार समाजले आयोजना गरेको प्रदर्शनीमा गोरखा भूकम्पबाट क्षति भएका काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रका पुरातात्विक सम्पदा, मठमन्दिर, गुम्बा, सार्वजनिक संरचना, निजी घरलगायत तस्वीर राखिएको छ । प्रदर्शनीमा खासगरी धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, स्वयम्भू, जयवागेश्वरी, विश्वरुपा, पाटन दरबार, कुम्भेश्वर, बुङ्मती, इन्द्रायणी, भक्तपुर दरबार क्षेत्रका दत्तात्रय, सूर्यमढी, मध्यपुरथिमिलगायत भूकम्पबाट क्षति भएको अवस्थाका सम्पदाका तस्वीर समेटिएको छ ।

अरनिको राजमार्गको कौशलटारमा भूकम्पबाट भास्सिएर क्षतिग्रस्त सडकसहित १०७ तस्वीर प्रदर्शनीमा राखिएको जनाइएको छ । तस्वीरमा खास गरी भूकम्पपछि भत्किएका सम्पदा र घरका क्षतिग्रस्त अवस्था, घाइतेको उद्धारमा संलग्न सुरक्षाकर्मी, भत्किएका संरचना हटाउन भइरहेका प्रयासलगायत अवस्था समेटिएको छ ।

आयोजक समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले प्रदर्शनीका लागि आफूलाई प्रेरित गर्नाका साथै राससको समेत चिनारी र ओज बढ्ने विश्वासका साथ प्रदर्शनी आयोजना गरिएको फोटो पत्रकार श्रेष्ठले जानकारी दिए। नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकार श्रेष्ठले प्रदर्शनीमा राखिएका ऐतिहासिक महत्वका तस्वीर सबैको कौतुहल र चासोका विषय बन्ने धारणा राखे। प्रदर्शनीमार्फत विसं २०७२ वैशाख १२ का मुख्य र त्यसपछि वैशाख १३ र २९ गतेका ठूला परकम्पबाट क्षतिग्रस्त विकराल दृश्यको स्मरण गराइएको छ ।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १३:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन...

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

काठमाडौँ । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क...

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

चौतारा (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिमकोट, (हुम्ला) । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको...

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पाटन (ललितपुर) । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि...