back
CTIZAN AD

दिल्ली लकडाउन थप एक साताका लागि लम्बियो

वि.सं.२०७८ वैशाख १२ आइतवार

606 

shares

एजेन्सी । भारत पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित बनेको राजधानी देल्लीमा थप एक साताका लागि लकडाउन लम्ब्याइएको छ । पहिलो चरणमा भोली सोमबारसम्मको लागि गरिएको लकडाउन थप एक साताको लागि बडाइएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन लम्ब्याइएको घोषण गरेका हुन् । संक्रमणको जोखिम उच्चबन्दै गएपछि कोरोनाको चेनब्रेक गर्नको लागि गरिएको लकडाउ थप प्रभावकारी बनाउनको लागि एक साता लम्ब्याइएको छ ।

मुख्यमन्त्री केजरीवालले लकडाउन ३ मे बिहान पाँच बजेसम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन् । दिल्लीमा कोरोनाको अवस्था भयावह बन्दै जादा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । र, ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका गरी दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ ।

हाल भारतमा दैनक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छभने २ हजारभन्दा बढीको मृत्यु हुन थालेको छ । संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा धेरैको ज्यान गएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १६:०३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...