एजेन्सी । भारत पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित बनेको राजधानी देल्लीमा थप एक साताका लागि लकडाउन लम्ब्याइएको छ । पहिलो चरणमा भोली सोमबारसम्मको लागि गरिएको लकडाउन थप एक साताको लागि बडाइएको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन लम्ब्याइएको घोषण गरेका हुन् । संक्रमणको जोखिम उच्चबन्दै गएपछि कोरोनाको चेनब्रेक गर्नको लागि गरिएको लकडाउ थप प्रभावकारी बनाउनको लागि एक साता लम्ब्याइएको छ ।
मुख्यमन्त्री केजरीवालले लकडाउन ३ मे बिहान पाँच बजेसम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन् । दिल्लीमा कोरोनाको अवस्था भयावह बन्दै जादा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । र, ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका गरी दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ ।
हाल भारतमा दैनक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छभने २ हजारभन्दा बढीको मृत्यु हुन थालेको छ । संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा धेरैको ज्यान गएको छ ।
वि.सं.२०७८ वैशाख १२ आइतवार १६:०३ मा प्रकाशित