वैशाख १२, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी जेठ ३ गतेका लागि तय भएको उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकअनुसार आगामी वैशाख २१ गते मतदाता नामावली प्रकाशन र २४ गते उम्मेदवारको मनोनय गर्ने कार्यतालिका छ । त्यस्तै, वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।
आयोगले रिक्त बागमती प्रदेशको एक स्थानमा निर्वाचन गर्न लागेको छ । सत्तारुढ नेकपा (एमाले)ले उक्त स्थानमा गृहमन्त्री रामबहादुर थापा बादललाई अगाडि सार्ने तयारी गरेको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका

वि.सं.२०७८ वैशाख १२ आइतवार १६:४६ मा प्रकाशित






























