back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १३ सोमवार

741 

shares

१३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४०० पीसीआर र ८९३ को एन्टिजेन परीक्षणमा ३५५६ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ३४४२ र ऐन्टिऐजिनबाट ११४ जना संक्रमति भएको पुष्टि भएको हो । ३४४२ मध्ये पुरुष २१०९ र महिला १३३३ रहेका छन् ।

आज थपिएका ३५५६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ३७८ जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । निको हुनेको यो संख्या ९१.५ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६५ रहेको छ ।

नेपालमा हालसम्म २४ लाख १७ हजार ४१७ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ भने २० लाख ६ हजार ४३६ जनाले कोरोना भाइरसविरुद्धको खोप लिइसकेका छन् ।

यी हुन् ५०० भन्दा बढी उपचारार्थ रहेका जिल्लाहरु
स्वास्थ्य मन्त्रालयका अनुसार हाल प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

 

वि.सं.२०७८ वैशाख १३ सोमवार १७:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...