
१३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४०० पीसीआर र ८९३ को एन्टिजेन परीक्षणमा ३५५६ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ३४४२ र ऐन्टिऐजिनबाट ११४ जना संक्रमति भएको पुष्टि भएको हो । ३४४२ मध्ये पुरुष २१०९ र महिला १३३३ रहेका छन् ।
आज थपिएका ३५५६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ३७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ३७८ जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । निको हुनेको यो संख्या ९१.५ प्रतिशत हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६५ रहेको छ ।
नेपालमा हालसम्म २४ लाख १७ हजार ४१७ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ भने २० लाख ६ हजार ४३६ जनाले कोरोना भाइरसविरुद्धको खोप लिइसकेका छन् ।
यी हुन् ५०० भन्दा बढी उपचारार्थ रहेका जिल्लाहरु
स्वास्थ्य मन्त्रालयका अनुसार हाल प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।