
१३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँग बुध्द एयरले सबै गन्तव्यका लागि उडान संख्या बढाएको छ । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पुर्ण रुपमा बन्द हुने भएपछि बुध्दले उडान संख्या बडाएको हो ।
कम्पनीले आज एक सुचना प्रकाशित गरि आजैका दिनदेखि सबै गन्तव्यमा उडान संख्या थप गरेको जानकारी दिएको छ । कम्पनीले १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी हुनेहुदा निषेधाज्ञा लागू नहुँदासम्म सबै गन्तव्यमा यात्रुकको चाप बढि हुनेहुदा उडान संख्या बढाएको जानकारी दिएको छ ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुध्द एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ ।
URGENT NOTICE!
#BuddhaAir #TrustedFlying #Covid19 #StaySafe
Posted by Buddha Air on Monday, April 26, 2021