back

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

वि.सं.२०७८ वैशाख १३ सोमवार

507 

shares
GLOBAL IME AD
NTC AD

न्यूयोर्क। किराँत याक्थुङ चुम्लुङ अमेरीकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौ महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।

महाधिबेशनले आगामी २०२१\२३ को कार्यकालको लागि बरिष्ठ ऊपाध्यक्षमा युगेश लिङदेन लिम्बू, ऊपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे लिम्बू, कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू, सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बोलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू सर्वसहमतीमा निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनित गर्ने बताइएको छ ।

No description available.

कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनको प्रमूख अतिथिको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नया पुस्तामा पुस्तान्तरण गर्दै लैजानु नै सबैको मुख्य कर्तव्य रहेको बताए ।

चेम्जोङले नेपालमा याक्थुङ लाजेमाको पहिचान माथी राज्यसत्ताद्वरा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाले बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

महाधिवेशनको उद्घाटन सत्रमा किराँत राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्वअध्यक्ष देवेन्द्र सम्बाम्फे र कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

No description available.

त्यस्तै नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफैबाट गर्ने भन्दै पाँच हजार डलर दिएर सुरूवात गरेको घोषणा गरे का थिए ।

नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १७:४६ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...