back
CTIZAN AD

जनताको स्वास्थ्यमा खेलवाड नगरी तत्काल राहत दिन अध्यक्ष प्रचण्डको आग्रह

वि.सं.२०७८ वैशाख १३ सोमवार

825 

shares

१३ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको स्वास्थ्यमा खेलवाड नगरी उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र समाग्रीको अनुचित व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

विश्व व्यापी कोरोना महामारीको दोस्रो लहर नेपालमा फैलिइसकेको र त्यसले देशै आक्रान्त बनाएको अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रीत हुनुको साटो वर्तमान सरकार शिलान्यास र उद्घाटनमा केन्द्रीत भएको भन्दै टिप्पणी गरेका अध्यक्ष प्रचण्डले यस्तो आचारणले अप्ठ्यारो दिनको सामना गनुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको बताएका छन् ।

‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुतित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायलाई पर्ने भएकाले उनीहरुको लागि खाद्यान्न तथा विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्र समक्ष अपिल गर्दछु ।’

Image

वि.सं.२०७८ वैशाख १३ सोमवार १८:१२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...