back
CTIZAN AD

विवाहमा अब १५ जनामात्र सहभागी हुन पाइने(याे छ आदेशको पूर्णपाठ )

वि.सं.२०७८ वैशाख १३ सोमवार

666 

shares

१३ वैशाख, काठमाडौँ । विवाह, बत्रबन्धमा १५ जनाभन्दा बढी सहभागी हुन नपाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञा आदेशमा विवाह ब्रतबन्धमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न पाइने उल्लेख छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले विश्वभर फैलिँदै गैरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा तिब्र रुपमा बढिरहेको भन्दै वैशाख १६ गते बिहान देखि वैशाख २२ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरीएको छ ।

जारी आदेशमा सरकारका कर्मचारी, बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई भने कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवात जावात गर्न पाउने जनाइएको छ ।

त्यस्तै संचारकर्मी/पत्रकार सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने छ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाका हकमा पनि सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिइ सवारी साधनको प्रयोग गर्न पाइने, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिने बताइएको छ ।

अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्दछ ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको व्क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने आदेशमा उल्लेख छ ।

खाद्य र औषधी बाहेक अन्य व्यवसाय बन्द
निषेधाज्ञा अवधिभर खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय भने बन्द गर्नुपर्ने हुन्छ । खाद्य सामग्री पसलहरु व्यवसायहरु बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला हुने जनाइएको छ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न सकिने छ । ती सबैले व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्दछ ।

 

 

वि.सं.२०७८ वैशाख १३ सोमवार २१:२५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...