back

अन्तर्राष्ट्रिय सीमा नाका र विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७८ वैशाख १३ सोमवार

276 

shares
GLOBAL IME AD
NTC AD

वैशाख १३, काठमाडौं । कोरोना भाइरस (काेभिड-१९)काे संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हाे ।

याे निर्णयसँगै विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने भएकाे छ ।

मन्त्रिपरिषद्‌ बैठकले सक्रिय संक्रमित २०० पुगेको अवस्थामा पहाडी जिल्ला र ५०० पुगे तराईं–मधेस तथा उपत्यकाका जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने निर्णय समेत गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। बैठकले स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने पनि निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ।

सीमा नाकाबाट हुने आवत–जावतमा रोक लगाइए पनि नाका भएर हुने आयात तथा निर्यात र त्यससँग सम्बन्धित काम–कारबाही भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर जारी रहने जनाइएको छ।

वि.सं.२०७८ वैशाख १३ सोमवार २१:५१ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...