back
CTIZAN AD

अन्तर्राष्ट्रिय सीमा नाका र विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७८ वैशाख १३ सोमवार

627 

shares

वैशाख १३, काठमाडौं । कोरोना भाइरस (काेभिड-१९)काे संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हाे ।

याे निर्णयसँगै विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने भएकाे छ ।

मन्त्रिपरिषद्‌ बैठकले सक्रिय संक्रमित २०० पुगेको अवस्थामा पहाडी जिल्ला र ५०० पुगे तराईं–मधेस तथा उपत्यकाका जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने निर्णय समेत गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। बैठकले स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने पनि निर्णय गरेको छ। विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ।

सीमा नाकाबाट हुने आवत–जावतमा रोक लगाइए पनि नाका भएर हुने आयात तथा निर्यात र त्यससँग सम्बन्धित काम–कारबाही भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर जारी रहने जनाइएको छ।

वि.सं.२०७८ वैशाख १३ सोमवार २१:५१ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...