१३ वैशाख, काठमाडौँ । सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरु तत्काल बन्द नगर्ने निर्णय गरेको हो ।
भारतमा कोभिड १९ को दोस्रो लहर डरलाग्दो रुपमा बढेकाले सीमा नाकाहरु बन्द गरिनु पर्ने आवाज जनस्तरबाट उठेपनि सरकारले सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय गरेको हाे ।
एक मन्त्रीले जानकारी दिए अनुसार, तर गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । त्यसरी प्रवेश गर्नुपर्दा उनले नेपाल आउनु पर्ने प्रमाण स्थानीय प्रशासनलाई दिनुपर्ने हुन्छ ।
File Pic
वि.सं.२०७८ वैशाख १३ सोमवार २१:५५ मा प्रकाशित






























