१३ वैशाख, काठमाडौँ । सरकारले कोरोना महामारी डरलाग्दो रुपमा बढ्दै गएपछि सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएको भन्दै विद्यालयहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सबै तहका परीक्षा रोक्न र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिएको छ ।
यसअघिको मन्त्री परिषद् बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै ६ महानगरपालिकासहित ४० स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।
भर्चुअल क्लास संचालन गर्नुपरेसँगै नजिकँदै गरेको स्कुल तहका अन्तिम परीक्षाहरु अब कहिले र कसरी हुने भन्ने अन्यौल विद्यार्थीहरुमा बढेको छ ।
वि.सं.२०७८ वैशाख १३ सोमवार २२:०५ मा प्रकाशित






























