back
CTIZAN AD

शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसरमा चार स्रष्टा सम्मानित

वि.सं.२०७८ वैशाख १३ सोमवार

822 

shares

शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसरमा गुन्द्रुक, मकै भटमास, कार्यक्रम सम्पन्न भएको छ ।

डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न टोखा नगरपालिका १ बडेश्वर झर्नास्थित महादेव मन्दिरको प्रांगढमा शनिबार आयोजित गुन्द्रुक, मकै भटमास, कार्यक्रममा टोखा न पा १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारी, साहित्यकारहरू त्रिभुवनचन्द्र वाग्ले, प्रकाश घायल, विष्णुबहादुर सिंह, एच. के धिताल, रूपा रिसाल चािलसे, माधव विडारी, रेणु अधिकारी मौनता, जगदिश अधिकारी, इन्दिरा रेग्मी, पिडालु पन्डित, विनोद नेपाल, शम्भुप्रसाद गजुरेल, मदनप्रसाद नेपाल, दीपक लोहनी, माधव घिमिरे अटल, गोर्खे साइँलो, मिना लामिछाने, सुरेश बैद्य, सुश्मिता श्रेष्ठ, भोला दुलाल, डा. भीष्मकुमार भूसालको आतिथ्यता रहेको थियो ।
तयसैगरी गंगा आचार्य सेढाइ, विमला अधिकारी देवकोटा, हरिओम अधिकारी, बद्री उप्रेती, रूद्र अधिकारी, रविन्द्र आशिष शैली, शिला अधिकारी, प्रोल्लास सिन्धुलीय, लक्ष्मी भट्टराई परिधि, राजु स्याङतान्, रावत, गोकुलप्रसाद धिताल, राजु बुढाथोकी, लव खड्का, राजकुमार बानियाँ, किशोर अधिकारी, राज अधिकारी, अष्टकुमार श्रेष्ठ, रामेश्वर के.सी, आँचलकुमार शर्मा, गणेश बाबु अधिकारी बाबू, रोम लम्साल, सारिका लुइँटेल, राजेन्द्रप्रसाद भट्ट ‘हावा’, जयबहादुर घिमिरे, जनार्दन घिमिरे, निशेष बुढाथोकी, सन्तोष लामिछाने, विजय थापा र वियोगी बुढाथोकीको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सभापतित्व शिवपुरी सन्देशको ८८ औं बूनपा अंक रहेको थियो भने स्वागत तथा सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय वियोगी बुढाथोकीले गरेका थिए ।
उपस्थितमध्ये २७ जनाले कविता, गजल, मुक्तक वाचन गरेका थिए । वाचित रचनाको मूल्यांकन दीपक लोहनी, राजकुमार बानियाँ र प्रोल्लास सिन्धुलीयले गरेका थिए । वाचित रचनामध्ये उत्कृष्ट पाँच जनालाइ पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, वडाअध्यक्ष, विष्णुबहादुर सिंह, एच. के धितालले मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराइले विष्णुपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान, शिवपुरी गजल सम्मान र पुरस्कार तथा मानशोभा प्रतिभा पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरू प्रकाश घायल (शिवपुरी गजल सम्मान २०७६) राबत (शिवपुरी गजल सम्मान २०७७) गोर्खे साइँलो, डा. भीष्मकुमार भूसाललाइ सम्मानपत्र, वियोगी बुढाथोकीले रूद्राक्षको माला, लक्ष्मी भट्टराईले फूलको माला लगाएर बधाइ दिइएको थियो ।

कार्यक्रमको समापन हुनु अघि प्रमुख अतिथि, वडा अध्यक्ष, एच. के धिताल र माधव विडारीलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

इच्छाशक्ति र रोगसंग लड्ने अठोटलाइ धन्यवाद दिनै पर्छ कारण बुटबलबाट डा. भीष्मकुमार भूसाल, चितवनबाट गोर्खे साइँलो उपस्थित भएका थिए ।

सोही अवसरमा प्रमुख अतिथि, अतिथि तथा सम्मानित स्रष्टाहरूले विष्णुबहादुर सिंहको पहिरो सँगसँगै र शिवपुरी सन्देशको ९१ औं अंक लोकार्पण पनि गरिएको थियो ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १६:५७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...