back
CTIZAN AD

राष्ट्रिय सभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने

वि.सं.२०७८ वैशाख १४ मंगलवार

783 

shares

वैशाख १४, काठमाडौं । राष्ट्रिय सभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख ३० हजार खर्च लाग्ने भएको छ । गृहमन्त्रीसमेत रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’ले पद त्याग गरेसँगै रिक्त बनेको उक्त पदमा उपनिर्वाचन गर्दा यस्तो खर्च लाग्ने भएको हो ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आर्थिक कार्यविधि जारी गर्दै निर्वाचन अनुमानित खर्च सार्वजनिक गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनको लागि अनुमानित गरिएको उक्त बजेट निकासाका लागि आयोगले अर्थमन्त्रालयमा पत्राचार गरिसकेको छ ।

नेता थापाले नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका थिए । पार्टी परित्याग गरेसँगै उनलाई माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो ।

पार्टी परित्यागसँगै बागमती प्रदेशबाट निर्वाचित उनको पद रिक्त बनेको थियो । जहाँ निर्वाचन आयोगले आगामी जेठ ६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

 

वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:१७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...