back
CTIZAN AD

आज एकैदिन थपिए ४ हजार ५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १४ मंगलवार

732 

shares

१४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ५२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार ६७२ पीसीआर र १००९ को एन्टिजेन परीक्षणमा ४५२४ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ४३६४ र ऐन्टिऐजिनबाट १६० जना संक्रमति भएको पुष्टि भएको हो । ४३६४ मध्ये पुरुष २५९० र महिला १७७४ रहेका छन् ।

आज थपिएका ४५२४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ५५५ जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । निको हुनेको यो संख्या ९०.५ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज थपिएका १८ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ५८ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट २४ लाख ३२ हजार ८९ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ भने २० लाख १९ हजार १७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लिइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...