back
CTIZAN AD

विदामा बसेका कर्मचारीलाई तत्काल काममा खटिन स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०७८ वैशाख १४ मंगलवार

738 

shares

१४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदामा बसेका स्वास्थ्य कर्मचराीलाई तत्काल काममा बोलाउन सम्बन्धीत संस्थालाई निर्देशन दिएको छ ।

देशमा कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले अस्पताल व्यवस्थापन सम्बन्धमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो विदा नदिने तथा यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन पत्राचार गर्न समेत निर्देशन दिएको छ ।

त्यसैगरी कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने तथा अस्पतालको स्वीकृति दरबन्दी अनुसार कुनै पद रिक्त रहेको भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै स्वीकृत जनशक्ति भएमा बढी जनशक्ति आवस्यक भएमा ६ महिनाका लागि करार सेवामा लिन समेत निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा लाग्ने खर्च समान्य उपचारका लागि ३५ सय रुपैयाँ, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार प्रति विरामी प्रति दिनका हिसाबले शोध भर्ना गरिने पनि जनाएको छ ।

यदि कुनै विरामीले आफ्नै खर्चमा क्याविन सुविधा सहितको उपचार गर्न चाहेमा अस्पताललेबुँदा नं ३ को तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरी शुल्क लिन पाउने समेत मन्त्रालयले जनाएको छ ।

No description available.No description available.No description available.

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:५६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...