
१४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदामा बसेका स्वास्थ्य कर्मचराीलाई तत्काल काममा बोलाउन सम्बन्धीत संस्थालाई निर्देशन दिएको छ ।
देशमा कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले अस्पताल व्यवस्थापन सम्बन्धमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो विदा नदिने तथा यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन पत्राचार गर्न समेत निर्देशन दिएको छ ।
त्यसैगरी कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने तथा अस्पतालको स्वीकृति दरबन्दी अनुसार कुनै पद रिक्त रहेको भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै स्वीकृत जनशक्ति भएमा बढी जनशक्ति आवस्यक भएमा ६ महिनाका लागि करार सेवामा लिन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा लाग्ने खर्च समान्य उपचारका लागि ३५ सय रुपैयाँ, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार प्रति विरामी प्रति दिनका हिसाबले शोध भर्ना गरिने पनि जनाएको छ ।
यदि कुनै विरामीले आफ्नै खर्चमा क्याविन सुविधा सहितको उपचार गर्न चाहेमा अस्पताललेबुँदा नं ३ को तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरी शुल्क लिन पाउने समेत मन्त्रालयले जनाएको छ ।