१५ बैशाख, काठमाडौं । काठमाण्डौं उपत्यकामा भोली तीन बजेदेखि बैशाख २२ गतेसम्म निशेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निशेधाज्ञाका बेला विवाहको व्यानर लगाएका २ वटा सवारीलाई जिल्ला भित्रका कुनैपनि ठाउमा जानका लागि पास नचाहिने बताएको छ ।
‘बिवाह तथा ब्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलही सहितका) हरुले व्यानर सहितका २ वटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवत–जावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने छ ।’ जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।
त्यसैगरी खाद्य सामग्री, डिर्पाटमेन्ट स्टोर र ग्रोसरीहरु बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न पाइने बताइएको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १३:३८ मा प्रकाशित






























