वैशाख १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यतिबेला ‘फ्लोर क्रस’को सबैभन्दा ठूलो चिन्ता छ । प्रकाश ज्वालाले कर्णालीमा बालेको मशाल संघको जोडघटाउमा बल्छ कि बल्दैन ? यो आम नेपालीलाई नै चासो भएको विषय हो । तर, प्रधानमन्त्री ओली भने यहि विषयले निदाउन पाएका छैनन् ।
विगत १ वर्षदेखि पार्टी एकता नरुचाएको मात्र होइन, भाँड्न तम्सिएको आरोप लागेका ओलीले जसपाका सांसदलाई जनकपुरबाट समातेर मेरिट होटलमा ल्याउन लगाउनु, पार्टी बैठक बसाल्दै नबसाल्नु र बसि हालेपनि बालुवाटारमै बोलाउनु, बालुवाटारमा पनि व्यस्त छु भनेर हिँडिहाल्नु, पल्लो वा अर्को कुनै कोठामा बसेर बैठकको लाइभ हेर्नु, आंकलन गरेर नेताहरुलाई एकल रुपले खुसुक्क पद बाँडिदिनु र राष्ट्रपतिको सहिछापमा शासन चलाउन उद्देलित भै रहेको आरोप खेपेका छन् ।
यहिबीचमा निर्वाचित उपमहासचिव घनश्याम भुसाल र सचिवद्धय योगेश भट्टराई र गोकर्ण विष्टले फ्लोर क्रसको गैरसंसदीय राजनीति नगर्ने बाचाकसम केपी ओलीलाई सुनाएको प्रचार पनि भएको हो । स्थिति कतिसम्म आयो भने बाहिर दुगडलाई देखाएर भित्र वार्ताको तयारी गर्नुपर्ने काम योगेश भट्टराईले गर्नुपर्यो । योगेशले प्रधानमन्त्रीसँगको भेट लगत्तै माधवसँगको वार्ता व्यवस्थापन गरेको समाचार बाहिरीयो पनि ।
कोरोनाको भीषण कहरमा सर्वपक्षिय संयन्त्र बनाएर देशव्यापी मनोवल संप्रेषण गर्नुपर्ने प्रधानमन्त्रीले उद्घाटन र शिलान्यासको लौरोले ७७ जिल्ला छोपीसकेको छन् । यहिबीचमा बढेको कोरोना प्रभावले उनको सत्ता समिकरणमा थप त्राण मिलेको छ । गण्डकी प्रदेश सभाका ३ जना माननीयलाई कोरोना पुष्टि भएपछि गण्डकीका सरकार प्रमुख पृथ्वी सुब्बा गुरुङको सत्ता आयू लम्बिन सक्ने संकेत बढेको छ ।
तर संघमा भने स्थिति वेग्लै छ । एमसीसी गाँठोले सत्ता समिकरण अल्झाएको छ । देउवा र प्रचण्डबीच एमसीसीको सहमतिका सत्ता समिकरणको नयाँ अभ्यास हुन थालेको प्रचार भैरहेको पनि छ । कांग्रेस र माओवादी साच्चिकै मिल्ने हो भने आफुहरु फ्लोर क्रस गर्न तयार भएको जनाउ माधव पक्षले दिएको प्रचार पनि भैरहेको हो ।
यहिबीचमा निर्वाचित उपमहासचिव घनश्याम भुसाल र सचिवद्धय योगेश भट्टराई र गोकर्ण विष्टले फ्लोर क्रसको गैरसंसदीय राजनीति नगर्ने बाचाकसम केपी ओलीलाई सुनाएको प्रचार पनि भएको हो । स्थिति कतिसम्म आयो भने बाहिर दुगडलाई देखाएर भित्र वार्ताको तयारी गर्नुपर्ने काम योगेश भट्टराईले गर्नुपर्यो । योगेशले प्रधानमन्त्रीसँगको भेट लगत्तै माधवसँगको वार्ता व्यवस्थापन गरेको समाचार बाहिरीयो पनि ।
तर वार्ता फलदायी थिएन । वार्तापछि माधवको एमाले पुर्नगठन अभियान कोरोना भन्दा बढी गतिमा अघि बढ्यो । प्रधानमन्त्रीले आफु निकटसँग भनेजस्तो घनश्याम, योगेश र गोकर्ण फ्लोर क्रस नगर्ने तहमा पुगिसकेका हुन भन्ने ठाउँ अझै देखिएको छैन । तै पनि प्रधामन्त्री भने बाचा कबोलमा विश्वास गरिरहेका छन् ।
वि.सं.२०७८ वैशाख १५ बुधवार १४:५५ मा प्रकाशित