back
CTIZAN AD

गण्डकी प्रदेशमा दर्ता अविश्वासको प्रस्तावमाथि आजै मतदान

वि.सं.२०७८ वैशाख १५ बुधवार

642 

shares

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्ताव आजै निर्णयार्थ पेश गरिने भएको छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार प्रस्तावलाई बुधबारको बैठकमा नै निर्णयार्थ पेश गरिने तयारी गरिएको हो ।

आजको बैठकमा प्रस्तावमाथि सत्ता पक्ष र विपक्षीहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा स मुख्यमन्त्री गुरुङले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्रीले सम्बोधन गरेपश्चात अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश गर्ने र मतदान गर्ने तयारी गरिएको छ ।

गत वैशाख २ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदले हस्ताक्षर गर्दै मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई आगामी मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको उक्त प्रस्ताव पास गराउन तीन दलिय गठबन्धनलाई थप ३ सासंदको आवश्यकता पर्दछ ।

निर्णायक मानिएको राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १ सांसदले अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

एक रातको १० लाख बढि तिर्दे कांग्रेस र माओवादीका सांसदलाई रिसोर्टमा बास

वि.सं.२०७८ वैशाख १५ बुधवार १४:२७ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...