back
CTIZAN AD

एक रातको १० लाख बढि तिर्दे कांग्रेस र माओवादीका सांसदलाई रिसोर्टमा बास

वि.सं.२०७८ वैशाख १५ बुधवार

573 

shares

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेशसभामा सरकार ढलाउने खेल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व अविश्वासको प्रस्ताव ल्याउँदै सरकार फेरबदलको प्रयास थालेका हुन् । जसमा तीन पार्टीले तीन सांसद भएको राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको पनि समर्थन लिएका छन् ।

सोमबारदेखि सुरु प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ । अविश्वासको प्रस्तावमाथि बुधबार अथवा बिहिबारसम्म मतदान हुनसक्ने पनि सम्भावना छ ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुरु सत्ता खेलमा सांसद भड्कीने र दल परिवर्तन गर्न सक्ने पनि सम्भावना रहन्छ । यसअघि कर्णाली प्रदेशसभामा एमालेका सांसदले फ्लोर क्रस गर्दै माओवादीको सत्ता जोगाएका थिए भने लुम्बीनी प्रदेशसभामा सरकारका विरुद्व ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद नै मन्त्री खान गएका थिए ।

लुम्बिनी र कर्णालीमा देखिएको खेल गण्डकीमा पनि हुने सम्भावना छ । विशेषतः लुम्बिनीमा जस्तै गण्डकीमा पनि हुने त्रास दलहरुसँग देखिएको छ । जसको कारण कांग्रेस, माओवादी र जसपाले प्रदेश सांसदहरुलाई केहि दिनदेखि नै रिसोर्टमा बस्ने व्यवस्था गरेका छन् । दुई दल कांग्रेस र माओवादीले लेकसाईडस्थित कुटी रिसोर्टमा सांसदहरुलाई राखेका छन् भने जसपाले कुटी नजिकैको अन्य रिसोर्टमा राखेका छन् ।

सांसदहरुलाई रिसोर्ट सबै व्यवस्थासहित राखिएको छ । साथै रिसोर्ट नछाड्न पनि निर्देशन गरिएको छ ।

रातको १० लाख बढि खर्च

कुटी रिसोर्टको वेभसाईटअनुसार रिसोर्टमा एक रात बसेको खर्च प्रतिव्यक्ति १० हजारदेखि २० हजारसम्म छ । जहाँ व्यक्तिले गरेको अन्य खर्च पनि जोडिएको हुन्छ । विशेषतः रक्सी र अन्य मनोरञ्जनका कुरामा खर्च बढि आउने गर्दछ ।

जसका आधारमा हेर्दा सामान्य दैनिक खर्च मात्रै ५/७ लाख रुपैयाँ पर्ने देखिन्छ । साथै अन्य खर्च बढाएको खण्डमा दैनिक खर्च १० लाख जति पर्ने देखिन्छ ।

रिसोर्टमा सांसदसँगै दलका अन्य प्रतिनिधि पनि बसिरहेका छन् । कांग्रेसका केन्द्रीय नेता र माओवादी केन्द्रका केन्द्रीय नेताहरु पनि अहिले रिसोर्टमा बसिरहेका छन् । जसका आधारमा खर्च अझ बढि हुनसक्ने अनुमान गर्न सकिन्छ ।

एक/दुई जना सांसदको कारण असफल हुनसक्छ अविश्वास प्रस्ताव

गत वैशाख २ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदले हस्ताक्षर गर्दै मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा २८ सांसदहरुले हस्ताक्षर गरेको भएपनि बहुमत पुर्याउन भने थप ३ सांसदको आवश्यकता पर्दछ ।

प्रदेशसभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा मतदान गर्ने बताएको छ । तर, राष्ट्रिय जनमोर्चाको केन्द्र र प्रदेश कमिटी हालको सरकारलाई समर्थन गर्ने वा समर्थन नगर्ने भन्नेमा विभाजित छ । साथै स्वतन्त्र सांसद भनिएका दिपक मनाङ्गे पनि अन्तिम समय कसलाई समर्थन गर्लान् स्पष्ट छैन् ।

हाल प्रदेशसभामा नेकपा (एमाले)को मात्रै २७ सांसद छन् । एमालेभित्र अन्तरघात नभएको खण्डमा एमालेले थप समर्थन जुटाउन सहज हुने पनि देखिन्छ ।

साथै हालको गठबन्धन कायम रहेमा र जनमोर्चाले सहयोग गरेका अविश्वासको प्रस्ताव सहज पारित हुने देखिन्छ । जनमोर्चा र स्वतन्त्र सांसदको मतबारे स्पष्ट नभईरहँदा एकातर्फ प्रस्तावक माओवादी केन्द्रभित्रै फ्लोर क्रस गराउनसक्ने डर छ भने यसअघि कर्णालीमा जस्तै विभाजित बनेको एमालेमा पनि फ्लोर क्रसको सम्भावना छ ।

जसलाई हेर्दा एक/दुई सांसदको कारण पनि सरकारविरुद्व दर्ता अविश्वासको प्रस्ताव पारित हुने/नहुनेमा अनिश्चित छ ।

सम्बन्धित समाचार

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वि.सं.२०७८ वैशाख १५ बुधवार १३:२६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...