back
CTIZAN AD

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला, कति कित्ता दिने त आवेदन ?

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

645 

shares

१७ वैशाख, काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज वैशाख १७ गते शुक्रबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशतले अर्थात ५० हजार ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा आवेदन दिन सक्नेछन ।

यस कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या उच्च देखिएको छ। त्यस अनुसार यस कम्पनीको आईपीओमा पनि १० कित्ता शेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ।

वि.सं.२०७८ वैशाख १७ शुक्रवार ०८:०७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...