back
CTIZAN AD

बँदेलको आक्रमणमा परी एक पुरुषको मृत्यु

वि.सं.२०७८ वैशाख १८ शनिवार

561 

shares

१८ बैशाख, चितवन । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

डुबेर मृत्यु

माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

त्रिशूलीमा बेपत्ता

त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपलिका–१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार त्रिशूलीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७८ वैशाख १८ शनिवार ०९:५१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...