back
CTIZAN AD

बैंक खाता खोल्न समस्या हुने गरेको भन्दै ज्येष्ठ नागरिकको गुनासो

वि.सं.२०७८ वैशाख १८ शनिवार

723 

shares

१८ वैशाख, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ ।

भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्नुपरेको छ ।

खाता खोल्न सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरूलाई समस्या भएको हो । सिमकोट गाउँपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिक पञ्चवीर रोकायाले पाँच घण्टा पैदल उकालोबाटो हिँडेर बैंक खाता खोल्न सरदमुकाम आएको गुनासो पोखे। दमका बिरामीसमेत रहेका रोकायाले आफू निकै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको तर १० महिना बितिसक्यो अहिलेसम्म गत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो पोखे। सरकारले दिने सामाजिक सुरक्षा भत्ता आफूहरूलाई विरतण नगरेर ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई दुःख दिने काम भएको आरोपसमेत लगाए ।

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भए पनि सेवाग्राहीलाई समस्या थपिएको छ । त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय ज्येष्ठ नागरिक आङ्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताए। सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गरे ।

यता नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका ९० वर्षीय पाल्जुमा तामाङको अवस्था पनि उस्तै छ । उनले तीन दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नैपर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित भएको गुनासो गरे ।

लक्षित समुदायले १० महिनादेखि भत्ता पाएनन्

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकासहित जिल्लाभरका लक्षित समुदायका व्यक्तिले १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदायअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका व्यक्तिले आर्थिक वर्ष २०७६ र ७७ को पहिलो किस्तावापतको रकम हालसम्म पनि स्थानीय सरकारबाट नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलाले आफूलाई समयमै रकम नदिँदा दशैँ, तिहार र हिउँदको समयमा यतिकै बिताउनुपरेको सिमकोट गाउँपालिका–२ का मैना बोहराले गुनासो गरिन्। इच्छा लागेका सामान किन्न पाइएन, चाडपर्वको समयमा मिठो मसिनो किनमेल गरे खान पाइएन र औषधोपचार गर्न नपाएर स्वस्थ्य जीवन बिताउन नपाएको उनीहरूले गुनासो गर्न थालेका छन् ।

समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने भए पनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको एकल महिना गौगोरा बोहराले गुनासो गरिन्। भत्ता आउला भन्ने आशामा बसेका ज्येष्ठ नागरिक हुम्लामा हिउँदमा हुने चिसो र चाडपर्व सकिँदासमेत भत्ता नपाएपछि निराश भएका छन् ।

यता सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार पुरानो संरचनाअनुसार घरघरमै गएर नगद रकम दिँदा तलमाथि हुने देखिएपछि नयाँ संरचनाअनुसार बैंक खाता सञ्चालन गरेर वितरण गरिने भएकाले केही ढिलाइ भएको हो । खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ । अबको केही दिनमै वितरण गरिने तयारी भइरहेको उनले बताइन् ।
रासस

वि.सं.२०७८ वैशाख १८ शनिवार ०९:४१ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...