१९ बैशाख, काठमाडौं । तिब्ररुपमा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै आजदेखि उपत्यका लगायतका जिल्लामा निशेधाज्ञामा थप कडाई गरिने भएको छ ।
कोभिड क्राइसिस म्यानेजमेन्ट (सीसीएमसी) को बैठकले उपत्यकाका बैक तथा वित्तिय संस्थाहरुमा एक चौथाईमात्र कर्मचारी राखेर काम गर्नुपर्ने र यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुुपर्ने बताएको छ ।
त्यसैगरी पत्रकारहरुका लागि काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ ।
यस्ता छन् सीसीएमसीको निर्णय
(क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने
(१) निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चाएलन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने ।
(२) अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने ।
(३) काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने ।
(ख) उद्योग व्यवसाय सञ्चाालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्नेः
(१) कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चाालन गर्ने ।
(२) कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा र, अक्सिजन) उत्पादन गर्ने उद्योग, कल–कारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चारलन गर्ने ।
(३) सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमीकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने ।
(४) आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचय पत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने ।
(ग) क्वारेन्टि न अनुगमन सम्बन्धमा देहायबमोजिम गर्ने
(१) काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वागरेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।
(२) होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने ।
४) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने ।
(५) होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने ।
(घ)जनचेतनासम्बन्धमा देहायबमोजिम गर्ने
(१) आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्ने ।
(२) सम्बन्धित स्थानीय तहले टोल–टोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने ।
वि.सं.२०७८ वैशाख १९ आइतवार ०७:४२ मा प्रकाशित






























