back
CTIZAN AD

भारतीय कारभित्र मृत अवस्थामा भेटिएका तीन बालक तुलसीपुरकै

वि.सं.२०७८ वैशाख १९ आइतवार

966 

shares

१९ बैशाख, काठमाडौ । दाङको तुल्सीपुरमा रोकिराखेको कारभित्र तीन बालकको शब भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को स्याउली बजारमा विगत चार महिनादेखि रोकिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन बालकको शब फेला परेको हो ।

शब सडेको अवस्थामा भेटिएको र उनीहरु तीनैजना बालक तुल्सीपुरका रहेको र उनीहरुको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले संसारन्युजलाई जानकारी दिएका छन् ।

बैशाख १६ गतेदेखि हराएका ती बालकहरु तुल्सीपुर उपमहानगरपालिका ६ गाइडर भीम बहादुर परियारका १० वर्षीय छोरा, सन्देश, सन्तोष परियारका छोरा सुर्वण र किरण परियारका ७ वर्षीय छोरा करण परियार हु्न् ।

‘शबको प्रकृति हेर्दा सडिसकेको अवस्थामा देखिएको छ । उनीहरु तीनैजना बालक तुलसीपुरकै हुन् सनाखत भइसक्यो उनीहरु फरक–फरक परिवारका हुन् ।’

डिएसपी रिजालले कार भारतीय नम्बर प्लेटको भएपनि कारका मालिकलाई सोधपुछ तथा अन्य अनुसन्धानका क्रममै रहेको बताएका छन् । डिएसपी रिजालले गाडी धनी   यादव प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

वि.सं.२०७८ वैशाख १९ आइतवार ०८:०८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...