back

भारतीय कारभित्र मृत अवस्थामा भेटिएका तीन बालक तुलसीपुरकै

वि.सं.२०७८ वैशाख १९ आइतवार

579 

shares
GLOBAL IME AD
NTC AD

१९ बैशाख, काठमाडौ । दाङको तुल्सीपुरमा रोकिराखेको कारभित्र तीन बालकको शब भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को स्याउली बजारमा विगत चार महिनादेखि रोकिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन बालकको शब फेला परेको हो ।

शब सडेको अवस्थामा भेटिएको र उनीहरु तीनैजना बालक तुल्सीपुरका रहेको र उनीहरुको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले संसारन्युजलाई जानकारी दिएका छन् ।

बैशाख १६ गतेदेखि हराएका ती बालकहरु तुल्सीपुर उपमहानगरपालिका ६ गाइडर भीम बहादुर परियारका १० वर्षीय छोरा, सन्देश, सन्तोष परियारका छोरा सुर्वण र किरण परियारका ७ वर्षीय छोरा करण परियार हु्न् ।

‘शबको प्रकृति हेर्दा सडिसकेको अवस्थामा देखिएको छ । उनीहरु तीनैजना बालक तुलसीपुरकै हुन् सनाखत भइसक्यो उनीहरु फरक–फरक परिवारका हुन् ।’

डिएसपी रिजालले कार भारतीय नम्बर प्लेटको भएपनि कारका मालिकलाई सोधपुछ तथा अन्य अनुसन्धानका क्रममै रहेको बताएका छन् । डिएसपी रिजालले गाडी धनी   यादव प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

वि.सं.२०७८ वैशाख १९ आइतवार ०८:०८ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...