-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

तस्विरमा हेरौं, १०४ वर्ष पहिलाको महामारी स्पेनिश फ्लु, जसबाट ५ करोड मानिस मारिएका थिए



संसारन्युज । बैशाख, १९, २०७८ विश्व आज कोरोना भाइरस संक्रमणले आक्रान्त बनेको छ । कोरोनाको कोरोना भाइरसका पहिलो लहरले युरोप र अमेरिकी मुलुकहरुमा ठुलो प्रभाव पार्यो भने दोस्रो लहरले विश्वका कैंयन मुलुक लगाएत विश्वको ठुलो मुलुक मध्यको एक भारतमा ठुलो प्रभाव पारिरहेको छ । आजका दिनसम्म हेर्दा भारतमा एकदिनमा ४ लाख बढि मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन भने दैनिक रुपमा मर्नेहरुको संख्या पनि ४ हजार पुग्न थालेको छ । भारतमा फैलिएको संक्रमणको दोस्रो लहरको प्रभाव नेपालमा पनि दैनिक करिब ६ हजार मानिसहरुमा कोरोना संक्रमण फैलिन लागेको तथ्यांकले देखाएको छ ।

तर महामरी विश्वमा नौलो विषय होइन् । आजभन्दा १ सय ४ वर्ष पहिला विश्वभर फैलिएको स्पेनिश फ्लु महामारीले विश्वमा करोडौं मानिसहरुको ज्यान लिएको थियो, जतिबेला विश्वको जनसंख्या जम्मा १ सय ८० करोड रहेको थियो । तत्कालिन समयमा २ वर्ष भित्र स्पेनिश फ्लु मार्फत विश्वका करिब ६० करोड मानिसहरु संक्रमित भएका थिए । सामान्यतया प्रत्येक ३ जना मध्ये १ जनामा स्पेनिस फ्लु संक्रमण भएको थियो । अलग अलग तथ्यांकलाई हेर्दा ५ करोड मानिसहरु तत्कालिन फ्लुबाट मारिएको थाहा हुन्छ । अहिलेको विश्वको जनसंख्यालाई तुलना गर्दा करिब २० करोड मानिस मारिएको बराबर हो भन्न सकिन्छ । तत्कालिन स्पेनिश फ्लुको असर नेपालमा पनि परेको र केहि मानिसहरुको ज्यान गएको इतिहासका दस्ताबेजहरुमा पाउन सकिन्छ ।

हेरौं, यि तस्विरहरुबाट हामीले स्पेनिश फ्लुको अवस्थाबारे थाहा पाउन सक्छौं । सबैभन्दा पहिले सो फ्लुको H1N1 को संक्रमण बच्न मानिसले यस प्रकारको अनौठो तरिकाको अबलम्बन गर्ने गर्दथे ।

सन् १९१९, यो तस्विरमा एकजना महिला अचम्म लाग्ने खालको मेशिनमा जोडिएको नोजल मास्क लगाएकी छन । यो मेशिनले कसरी काम गर्दथ्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त छैन् ।

स्पेनिश फ्लुको दोस्रो लहरको ३ महिनामा ८० प्रतिशत संक्रमण
स्पेनिस फ्लुको प्रकोप करिब २ वर्ष सम्म चलिरहेको थियो । सन् १९१८ को अन्तिम ३ महिनामा सबैभन्दा धेरै मानिसहरु संक्रमित भएर मारिएका थिए । पहिलो विश्वयुद्धको क्रममा सैनिकहरुको व्यापक आवतजावतको क्रममा भारइस व्यापक फैलिएर धेरै मानिसहरुलाई फैलिएको अनुमान गरिएको छ । स्पेनिस फ्लु संक्रमण फैलिने र मानिसहरु मर्ने क्रमको ८० प्रतिशत अवस्था यहि समयमा भएको थियो ।

लण्डनको सडकमा मास्क लगाएर हेड पम्पद्वारा स्प्रे गर्दै एक कर्मचारी । जनस्वास्थ्य कर्मचारीहरुले हावाबाट फ्लु फैलिने शंका गर्दथे ।

स्पेनिश फ्लु शुरुवातको अज्ञानता, अमेरिकामा भेटिएको थियो पहिलो संक्रमित
स्पेनिश फ्लु कहाँबाट कसरी शुरु भयो ? अहिले सम्म यो प्रश्नको सहि जवाफ मिल्न सकेको छैन् । अलग अलग दाबी अनुसार फ्रान्स, चीन र ब्रिटेनको अथवा अमेरिकामा यसको उत्पत्ति भएको हुनसक्ने अनुमान गरिएको छ । एक ऐतिहासिक तथ्यका अनुसार स्पेनिस फ्लुको पहिलो संक्रमण अमेरिकाको कैन्सास प्रान्तको फोर्ट राइलीको सैन्य क्याम्पमा सन् १९१८ मार्च ४ मा भेटिएको थियो ।

स्पेनिश फ्लुले समाजको हरेक गतिविधिमा असर गरेको थियो । अमेरिकाको इलोइनसमा मास्क लगाएर ग्राहकको दाह्री फाल्दै एक नाइ ।

स्पेनिश फ्लुको विषयमा लापरवाही वा सावधानी सम्बन्धि रोचकपुर्ण तथ्य
१. स्पेनिश फ्लुको महामारीको बीचमा फिलाडेल्फियामा लिबर्टी लोन परेड खेल्ने काम गरियो । यसै परेडको कारण फ्लु संक्रमण पुरै शहरमा फैलियो । फिलाडेल्फियाको पब्लिक हेल्थ डाइरेक्टर बिल्मर क्रुसनले सैनिकहरुलाई भएको सो फ्लु सामान्य मौसमी फ्लु भएको जानकारी दिए, जसलाई आम मानिसहरुमा पुग्न अगावै रोक्ने जानकारी गराए । २८ सेप्टेम्बर १९१८ मा देशभक्तीबाट ओतप्रोत भएका सैनिक, स्काउट, म्युजिक ब्यान्ड र स्थानिय कलाकारहरु मिलेर २ माइल लामो परेड निकाल्ने काम गरे । हेर्नको लागि पुरै सडकमा मानिसहरु जम्मा भएका थिए ।

फिलाडेल्फियाको लिबर्टी लोन परेडमा दुइ लाख भन्दा धेरै मानिसहरु सहभागी भएका थिए । तत्पश्चात पुरै शहरमा स्पेनिश फ्लु फैलिएको थियो ।

यहि परेडको ७२ घण्टा पछाडि फिलाडेल्फियाका सबै अस्पताल संक्रमित मानिसहरु द्वारा भरियो । त्यसको १ हप्तामा २ हजार ६ सय जना संक्रमितको मृत्यु भयो । ग्लोबल फ्लु एण्ड यू ः ए हिस्ट्री अफ एन्फ्लुन्जा नामको किताबका लेखक जार्ड डेनर भन्छन्, फिलाडेल्फिया लोन परेड ले आगोमा पेट्रोल राख्ने काम गर्यो ।

स्पेनिश फ्लु महामारीको समयमा अमेरिकाको शहरमा बिना मास्क सडकमा हिँड्न, बस, कार तथा रेल चढ्न प्रतिबन्ध लगाइएको थियो । रेडक्रस सोसाइटीको सिएटल च्याप्टरले ३ दिनमा २ लाख ५० हजार मास्क तयार गरेको थियो ।

२. अमेरिकी शहर सेट लुइसमा जनस्वास्थ्य सम्बन्धि जर्बजस्त कामको गरियो । शहरको हेल्थ कमिश्नर डा. म्याक्स स्र्टाकलाफले स्थानिय डाक्टरहरुलाई अरु सँग भेट गर्नुभन्दा अगाडि सचेत रहन चेतावानी दिए । उनले लुइस हुलाक दर्ता गर्ने ठाउँमा भिडबाट बच्नको लागि लेख नै लेखे । सेट लुइसको एउटा सेनाको ब्यारेकमा फ्लु फैलिएको थियो । डा. स्र्टाकलाफले तुरुन्तै बिद्यालय, सिनेमा घर, थिएटर र पुल हलको बन्द गराउने काम गरे । मानिसहरुलाई भिडभाड हुन मनाही गरियो । निकै कारवाही र दबाबको बीचमा पनि मासिहरु सावधानी स्विकार्न तयार भएनन् । जब संक्रमण फैलन लाग्यो घरमै नर्सको व्यवस्था गरि उपचारको शुरुवात गरियो । जसका कारणले फ्लु संक्रमण फैलिन पाएन् ।

अमेरिकाको शहर सेट लुइसमा महामारी फैलिनुभन्दा अगाडि जनस्वास्थ्य कर्मचारीहरुले गरेको तयारी

कसरी समाप्त भयो त स्पेनिश फ्लु ?
विशेषज्ञका अनुसार स्पेनिश फ्लु समाप्त भएको छैन् । विश्वका एक तिहाई मानिसमा संक्रमण भएपश्चात स्पेनिस फ्लु H1N1 भाइरस नै बर्ड फ्लु वा स्वाइन फ्लुको साथमा मिलेर महामारीको नयाँ अवस्था सिर्जना गर्ने गर्छ । सन् १९५७, सन् १९६८ र सन् २००९ मा यहि भएको हो ।

अन्तर्राष्ट्रिय ऐजेन्सीहरुको सहयोगमा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको