back
CTIZAN AD

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख १९ आइतवार

639 

shares

१९ बैशाख, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार, शनिबार र आइतबार तीनदिनमै ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा शुक्रबार शनिबार र आइतबार पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनको शनिबार दिउँसो १ः१७ मा होम आइसोलेशनमा मृत्यु भएको हो ।

त्यस्तै महानगर–२६ की ५८ वर्षीया महिलाको पनि उपचारका क्रममा शनिबार बिहान १०ः३० बजे मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै दाङको राप्ति गाउँपालिका ५ का ४३ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको बैशाख १७ गते मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १६ की ७३ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकी उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ४ः१३ मा मृत्यु भएको हो ।

पोखरा महानगर १० की एक महिलाको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । १६ गते कोरोना संक्रमण पुष्टि भएकी उनको शनिबार बेलुका ५ः२४ मा मृत्यु भएको पनि प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगर १९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बेलुका ७ः३० मा मृत्यु भएको छ । उनमा १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आइतबार बिहान १०ः३२ मा मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

May be an image of text

 

 

वि.सं.२०७८ वैशाख १९ आइतवार १६:२२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...