back
CTIZAN AD

लुम्बिनीको राजनीति : हृदयेश त्रिपाठी समूहका दुई सांसदले छाडे एमाले

वि.सं.२०७८ वैशाख १९ आइतवार

660 

shares

वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)लाई समर्थन गर्दै आएका नेता हृदयेश त्रिपाठी समूहका दुई सांसदले माओवादी केन्द्र र कांग्रेसको गठबन्धनलाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार प्रदेश सभाका सांसदहरु धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले गठबन्धनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

श्रीवास्तव र शाही प्रदेश सभा निर्वाचनमा भने सुर्य चिन्ह लिएर लडेका थिए । तर, उनीहरु आफुँलाई स्वतन्त्र सांसद बताउँदै आएका छन् ।
सांसद श्रीवास्तवले जनाएअनुसार उनीहरु दुवै जना एमालेका सांसद होइनन् । संसदमा पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा छन् ।

उनका अनुसार २०७४ असोज २४ मा हृदयेश त्रिपाठी समूह र तत्कालिन नेकपा एमालेबीच भएको सम्झौताअनुसार उनीहरु सुर्य चिन्हबाट चुनाव लडेका थिए । सुर्य चिन्हबाट चुनाव लडेका त्रिपाठी प्रतिनिधि सभा सदस्य छन् भने श्रीवास्तव र शाही प्रदेश सभा सदस्य हुन् ।

‘हामीले राजीनामा दिएको होइन, संयुक्त गठबन्धनलाई समर्थन गरेका हौं’, संसार न्यूजसँग प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले भने, ‘२०७४ असोज २४ मा भएको दुई बुँदे समझदारीअनुसार हामी सुर्य चुनाव चिन्हमा लडेका हो, तर हालसम्म हामीले सदस्यता लिएका एमालेको छैनौं, आज आएर हामीले संयुक्त गठबन्धनलाई समर्थन गरेको हो । ’

यसैबीच एमालेका सांसद दुगनारायाण पाण्डेले सांसद पदबाट राजीनामा दिएका छन् । शंकर पोखरलको पुनःनियुक्तीप्रति असन्तुष्ट पाण्डेले पदबाट राजीनामा दिएका हुन् । पाण्डे नेकपा एमालेको केपी शर्मा ओली पक्षीय नेता हुन् ।

सम्बन्धित समाचार

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ

बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती

वि.सं.२०७८ वैशाख १९ आइतवार १६:४० मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...