back
CTIZAN AD

पंजाबलाई पराजित गर्दै दिल्ली उक्लियो अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७८ वैशाख २० सोमवार

789 

shares

२० वैशाख, काठमाडौँ । पंजाब किंग्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स आईपिएलको अकं तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा दिल्लीले पंजाबलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । पंजाबका लागि कप्तान मयंक अग्रवालले ९९ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । दिल्लीका लागि बलिङ्ग तर्फ भने कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिएका थिए ।

पंजाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ६९ रन बनाएका थिए भने पंजाबका लागि मेरिडिथ, जोड्न र हरप्रीतले समान १/१ विकेट लिएका थिए । जितसँगै दिल्ली १२ अकं सहित शिर्ष स्थानमा उक्लिएको छ भने पंजाब छैठौँ स्थानमा झरेको छ ।

त्यसैगरी हिजै भएको अर्को खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको गदैँ आईपिएलमा आफ्नो तेस्रो जित हासिल गरेको छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार ०९:५४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...