Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

कालीकोटमा १६ राजनीतिक दल दर्ता



 २४ माघ,कालीकोट । जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताउनुभएको छ ।

संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नयाँ दर्ता भएको र समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र देशभक्त पार्टीले अधुरो प्रक्रियामा आएकाले फिर्ता पठाइएको बताउँदै निमित्त प्रमुख रावलले १६ वटा राजनीतिक दलको विवरण आयोगमा पठाएको बताउनुभएको छ ।

उहाँले निर्वाचन आयोगको निर्देशनअनुसार सूचना जारी गर्दा जिल्लामा क्रियाशील दलले मात्र जिल्ला निर्वाचन कार्यालय, कालीकोटमा दल दर्ता गरेको बताउनुभएको हो ।

दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा नेपाल, मधेसी जनाधिकार लोकतान्त्रिक पार्टीलगायतका दल रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम