back
CTIZAN AD

कालीकोटमा १६ राजनीतिक दल दर्ता

वि.सं.२०७३ माघ २४ सोमवार

972 

shares

 २४ माघ,कालीकोट । जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताउनुभएको छ ।

संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नयाँ दर्ता भएको र समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र देशभक्त पार्टीले अधुरो प्रक्रियामा आएकाले फिर्ता पठाइएको बताउँदै निमित्त प्रमुख रावलले १६ वटा राजनीतिक दलको विवरण आयोगमा पठाएको बताउनुभएको छ ।

उहाँले निर्वाचन आयोगको निर्देशनअनुसार सूचना जारी गर्दा जिल्लामा क्रियाशील दलले मात्र जिल्ला निर्वाचन कार्यालय, कालीकोटमा दल दर्ता गरेको बताउनुभएको हो ।

दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा नेपाल, मधेसी जनाधिकार लोकतान्त्रिक पार्टीलगायतका दल रहेका छन् ।

वि.सं.२०७३ माघ २४ सोमवार ०७:१६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...