२६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १०:०५ मा प्रकाशित


























