२८ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । सोमबार प्राइम कमर्शियल बैंक, सहारा विकास बैंक र गणपति माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै सहारा विकास बैंकको पनि १ लाख ६७ हजार ८८८।०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २३ प्रतिशत बोनस वितरण गरेको थियो ।
गणपति माइक्रोफाइनान्सको पनि १ लाख ६६ हजार ११७।५० कित्ता बोनस शेयर सूचीकृत भएको छ। माइक्रोफाइनान्सले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार ०६:४७ मा प्रकाशित


























