back
CTIZAN AD

स्वस्थ्य रहन कुन समयमा कस्तो खाना खाने त ?

वि.सं.२०७८ वैशाख २८ मंगलवार

1.1K 

shares

हिजोआज के खाने, कस्तो खाने, कुन समयमा खाने भन्ने बारेमा धेरै मानिहरुको चिन्तन र बहस हुने गरेको पाईन्छ । तर तिनै चिन्तन र बहस गर्ने केही व्यक्तिहरु भोज भतेर, बिवाह पार्टीमा तथा समारोहमा भने कति र कसरी खाने भुल्दा रहेछन् । बिकसित देश र अविकसित मुलुकहरुमा मानिसको शरिरको मोटाई फरक हुन्छ । विकसितमा राम्रो ओहदामा भएका मानिसहरु पातला र फुर्तिला देखिन्छन् । पातला र सलक्क परेका व्यत्तिहरुको आवरण बौद्दिक र हुने खानेमा गनिन्छ भने नेपाल जस्ता अविकसित देशमा ठिक उल्टो छ । यता हुनेखाने धेरै जसो मानिसकोहरुको भुँडी डम्म परेको हुन्छ । ‘अहो कति मजाले मोटाए छ’ ईज्यतै अर्काे ।

मानव सभ्यताको विकासका क्रममा हामी मानिसको प्रमुख आहारा जनावर शिकार हुन्थ्यो । कृर्षि पेशाको शुरुवात सँगै मानिसले अन्न वालिहरु प्रसस्त उत्पादन गर्न लागे र आज यो स्वरुपमा आईपुगेका छौं । मानिसको शरिरलाई प्रयाप्त चाहिने पौस्टिक आहारा पहिले माछा मासुलाई अनिवार्य ठानिन्थ्यो तर अहिले धेरै खानेकुरा तथा फसल र फलफूलको बाबजुत पनि माछा मासुको भोजन दैनिकी रुपमा अनिवार्य भएको छ । कारण उत्पादन र माग झन् बढेको छ । एक अध्ययन अनुसार मानिसमा धेरै रोगहरु शाहकारी भन्दा मांशहारीमा बढ्दो छ । त्यस्तै ७३००० मानिसको व्यक्तिगत सर्वेक्षणमा मांशहारी मानिसहरुको आयु शाहाकारीको भन्दा १५% कम भएको पाईयो ।

May be an image of food
त्यसैले
१. सकेसम्म कम खाओैं, खाना खेर नफालौं ।

२. झानेको तारेको भन्दा उसिनेको, उमालिएको खाना खाओैं ।

३. सकिन्छ माछा मासु नखाओैं नत्र कम गरौं ।

४. माछा मासु सँग मदिरा र धुम्रापान कहिल्यै नगरौं ।

५. घरमा पाहुना आएमा सकेसम्म माछा मासुका परिकार नबनाओैं ।

६. बजारका कृतिम पेय पदार्थ नपिओैं ।

७. आज चिसो मौसम छ, मासुको झोल खाने, चाउचाउको पकाउने, मदिरा पिउने लत नबनाउनुहोस् । सागसब्जि र मसलाको विभिन्न परिकारका सुप विकल्प हुनसक्छन् ।

८. तरकारी दालमा बजारमा पाईने मसला प्रयोग नगर्नुहोस् । सकिन्छ घरमा सिलौटो जोहो गरेर आँफै पिस्नुहोस् ।

९. साँझको बेला शाहकारी, मदिरा नपिउने साथिभाई र छरछिमेक सँग सामिप्य बढाउनुहोस् ।

१०. खाजा घरमा बनाएका पौष्टिक मात्र खाओैं ।

११. अहिले धेरै होटल तथा रेष्टुरण्टका खानाका परिकारमा स्वादको लागि टेस्टिङ पाउडर तथा अजिना मोटो हाल्ने गर्छन्, सचेत हुनुहोस् । नखानुहोस् ।

१२. खाना शरिरलाई खानुहोस् जिब्रोलाई होईन ।

१३. कहिले काहीँ व्रत बस्ने गर्नुहोस् ।

१४. कयौं मानिस पेटभरी खाना नपाएर तड्पिएका छन्, भोकभाकै मरेका छन् । आज तँपाईले पेटभरि खान पाउनु भयो भने निश्चित हुनुहोस तँपाईको आजको दिन उत्कृष्ठ छ ।

१५. के तँपाईलाई थाहा छ,संसारमा अधिकांस विद्वान मानिस शाहाकारी छन् ।

१६. पशु हत्या रोकौं र यसलाई निरुत्साहित पारौं ।

 

वि.सं.२०७८ वैशाख २८ मंगलवार १३:५९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...