back
CTIZAN AD

कविताः मेरो मुख के हेर्छौं तिमी ?

वि.सं.२०७८ वैशाख २८ मंगलवार

783 

shares

पुर्खाले लडेर बचाएको मेरो
अस्तित्व तिमीले बचाउन सकेनौँ है,
सबै मिली म भित्र
एक छत्र अटाउन पनि सकेनौँ है ।
तिम्रो लाचारिपन लिएर
आज लुटिएको मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?

मातृभूमीको विकास गर्नु त कता,
मेरै छातीमा टेकी,
आ–आफू नै लड्दैछौ तिमी ।
तानातानको ताण्डव नाच देखाउदै
आज थङ्थिलो मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?

आमा भन्दा प्यारो तिमीलाई तिम्रै सम्पति,
त्यही जोड्दैमा ममता नराख्ने भयौं एक रति ।
कम से कम दश धारा
मेरो दुधको मूल्य त चुकाउ तिमी ।
दरिद्र त्यो तिम्रो अनुहार लिएर
आज सुस्ताएको मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?

घरको बोझ सम्झिएर
बृद्धाश्रममा बन्दी छोडेर
आफू स्वतन्त्र जीवनमा भुल्ने
तिमी,
मेरो दुःखले फेरि दुखित हुन
आज रोईरहेको मेरो मुख हेर्नलाई
के आउछौ तिमी ?
मेरो मुख के हेर्छौ तिमी ?

सन्दर्भः मातातीर्थ औँसी

 

वि.सं.२०७८ वैशाख २८ मंगलवार १३:४६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...