back
CTIZAN AD

न्यूजिल्याण्डका ब्याट्सम्यान बिजे वाटलिङले गरे सन्यासको घोषणा, अन्तिम खेल भारत विरुद्ध खेल्ने

वि.सं.२०७८ वैशाख २९ बुधवार

681 

shares

२९ वैशाख, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमका विकेटकीपर ब्याट्सम्यान बिजे वाटलिङले सन्यासको घोषणा गरेका छन ।

उनले भारत विरुद्धको टेष्ट च्याम्पियनशिपको फाइनल खेले पछि सबै खाले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन । भारत न्यूजिल्याण्डबीचको च्याम्पियनशिप फाइनल १८ जूनमा हुँदैछ । सो फाइनल म्याच खेलेपछि उनले क्रिकेटबाट बिदा लिनेछन् ।

वाटलिङले हालसम्म न्यूजिल्याण्डका लागि ७३ टेष्टमा १९ अर्धशतक र आठ शतकसहित ३ हजार ७७३ रन बनाएका छन् । उनी न्यूजिल्याण्डका लागि टेष्टमा दोहोरो शतक बनाउने पहिलो विकटकीपर समेत हुन् । त्यसैगरी उनले न्यूजिल्याण्डका लागि २८ एकदिवसीय र ५ टि-२० खेल खेलेका छन जसमा उनले ६११ रन बनाएका छन ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ११:१७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...