back
CTIZAN AD

घुम्ती रक्तदान कार्यक्रममा ११४ जनाले गरे रक्तदान

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

771 

shares

क्लबका संस्थापक अध्यक्ष लायन द्रोणबाबु सिवाकोटीले कोभिड १९ ले आक्रान्त पारेको बर्तमान समयमा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

३१ वैशाख, चितवन । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रममा कुल ११४ जनाले रक्तदान गरेका छ्न ।

वैशाख २७ देखि ३० गते सम्म संचालन भएको कार्यक्रम अन्तरगत अन्तिम दिन विहिबार भरतपुर १० शान्ति एकेडेमी बहुमुखि कलेजमा संचालित कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तीर्थ घिमिरे, शान्ति एकेडेमीका प्राचार्य रविन्द्र प्रकाश वस्ताकोटी, जन शितल टोल सुधार समितीका अध्यक्ष ददिराम देवकोटा, क्लवका कोषाध्यक्ष लायन हेम कुँबर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम साझापुर, तेलौली, सौराहाचोक, साझापुर, गौरीकृष्ण चोक, नवलपुरको १६ नम्बर चोक, जगतपुरमा संचालन भएको हो।

सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष लायन द्रोणबाबु सिवाकोटीले कोभिड १९ ले आक्रान्त पारेको बर्तमान समयमा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रम सफल पार्न लायनहरु लक्ष्मी नेपाली, लालकुमारी अधिकारी, सरु पाण्डे, इस्मत सुनार, सुमन गिरी, प्रथम उपाध्यक्ष नारायण गिरी, सचिव त्रिलोचन सापकोटा लगायतले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका द्वितीय उपाध्यक्ष लायन शिला परियारको संयोजकत्वमा सम्पन्न भएको थियो ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:३१ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...