३१ वैशाख, काठमाडौँ । नेपाल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ३१ गते अन्तिम दिन रहेको छ । सर्वसाधारणले यस ऋणपत्रमा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छन । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८।५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
कम्पनीले बैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड बराबरको ९प्रति कित्ता १ हजार अंकित दरका० ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १४ लाख कित्ता सर्बसाधारणलाई र बाँकि २१ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।
ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:३७ मा प्रकाशित