back

कोरोनाबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण

वि.सं.२०७८ जेठ ४ मंगलवार

318 

shares
GLOBAL IME AD
NTC AD

४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,२८६ पिसीआर र ६९३ ऐन्टिजेन गरी २०,९७९ नमुना परीक्षणमा ८,२०३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा २२१, ललितपुरमा ३६५, काठमाडौंमा २०४९ गरी जम्मा २६३५ संक्रमित थपिएका छन् । आज थपिएका ८,२०३ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ६,८९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,८९१ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.६ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १५९० जना र भेन्टिलेटरमा ३९० जना उपचाररत छन् । आइतबारको तुलनामा आइसीयुमा उपचार गराउनेको संख्या बढेको छ भने भेन्टिलेटरमा रहनेको संख्या घटेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७,४४७ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ७५२ जना रहेका छन् । केही दिनयता क्वारेन्टिनमा रहनेको संख्या बढेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख १२ हजार ९५९ नमुना परीक्षण गरिएको छ ।

आज कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९२४७ जना संक्रमित थपिए

वि.सं.२०७८ जेठ ४ मंगलवार १७:५८ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...