back
CTIZAN AD

कोरोनाबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण

वि.सं.२०७८ जेठ ४ मंगलवार

639 

shares

४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,२८६ पिसीआर र ६९३ ऐन्टिजेन गरी २०,९७९ नमुना परीक्षणमा ८,२०३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा २२१, ललितपुरमा ३६५, काठमाडौंमा २०४९ गरी जम्मा २६३५ संक्रमित थपिएका छन् । आज थपिएका ८,२०३ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ६,८९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,८९१ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.६ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १५९० जना र भेन्टिलेटरमा ३९० जना उपचाररत छन् । आइतबारको तुलनामा आइसीयुमा उपचार गराउनेको संख्या बढेको छ भने भेन्टिलेटरमा रहनेको संख्या घटेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७,४४७ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ७५२ जना रहेका छन् । केही दिनयता क्वारेन्टिनमा रहनेको संख्या बढेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख १२ हजार ९५९ नमुना परीक्षण गरिएको छ ।

आज कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९२४७ जना संक्रमित थपिए

वि.सं.२०७८ जेठ ४ मंगलवार १७:५८ मा प्रकाशित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...