back
CTIZAN AD

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

वि.सं.२०७८ जेठ ८ शनिवार

723 

shares

८ जेठ । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन ।

अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ ।

जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलिया ओलम्पिक कमिटिका अध्यक्ष समेत रहनु भएका कोट्सले भर्चुअल माध्यम मार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढीरहेको जानकारी दिए ।

प्रतियोगिताका आयोजकहरु मध्येका सरोकारवालाहरुसँग भएको तीन दिने बैठकपछि उहाँले स्वास्थ्य विज्ञहरुको सल्लाह अनुसार तयारीका कामहरु भइरहेको बताएका छन। त्यसैगरी विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।

वि.सं.२०७८ जेठ ८ शनिवार ०८:०८ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...