back
CTIZAN AD

आङ साङ सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

वि.सं.२०७८ जेठ ९ आइतवार

738 

shares

९ जेठ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी ९एनएलडी० लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।

गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिएका हुन ।

“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैकमा भने । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।

त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।

वि.सं.२०७८ जेठ ९ आइतवार ०७:२९ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...