back
CTIZAN AD

गाईघाटमा पूर्वाञ्चलकै ठूलो बसपार्क

वि.सं.२०७३ माघ २६ बुधवार

765 

shares

२६ माघ,गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ ।

विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा बसपार्कमा अहिले सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै ठूलो बसपार्कको रुपमा निर्माण हुन लागेको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मलकुमार रेग्मीले बताउनुभएको छ ।

यसअघि नै बसपार्कमा टिकट काउन्टर हाउसको निर्माण भए पनि अहिले बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतिक्षालय निर्माण कार्य सुरु भइरहेको कुरा बसपार्क निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष देवीमाया कटुवालले बताउनुभयो ।

बसपार्क निर्माण तथा व्यवस्थापनको अहिले सहरी विकास डिभिजन कार्यालयले तत्काल रु ४० लाख रकम उपलब्ध गराएपछि बसपार्कलाई तत्काल नक्साङ्कन गरेर निर्माण तथा व्यवस्थापन कार्य अगाडि बढाउन अनुमति दिइएको सहरी विकास डिभिजन कार्यालय उदयपुर गाईघाटका प्रमुख इन्जिनियर ब्रह्मदेव चौधरी बताउनुहुन्छ ।

एघार बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्क पूर्वाञ्चलकै ठूलो क्षेत्रफल भएको बसपार्क रहेको र यसको व्यवस्थापन गर्न पनि ठूलो बजेट लाग्ने भएको कारण पनि निकै कठिनाइ भइरहेको बसपार्क निर्माण उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

अहिले बसपार्कको माथिल्लो तीन बिगाहाको क्षेत्रमा साना सुमो तथा जिपलगायत साना सवारीका साधन पार्किङ गर्ने योजनासहित र बाँकी नौ बिगाहाको क्षेत्रफलमा ठूला सवारीका साधन पार्किङ गर्ने योजनासहित बसपार्क निर्माण कार्य सुरु भएको यसका पदाधिकारी बताउँछन् ।

सुनसरीको चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत सञ्चालन हुने सवारीका साधनलाई समेत आगामी दिनमा बृहत्रुपमा पार्किङ गर्ने लक्ष्यका साथ बरुवा बसपार्क निर्माण गर्न लागिएको कुरा बसपार्क निर्माणमा आबद्ध पदाधिकारी बताउँछन् ।

वि.सं.२०७३ माघ २६ बुधवार ०४:४३ मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...