२६ माघ, काठमाडौँ । नेपाल पिछडा वर्ग महासङ्घ, भक्तपुरको अध्यक्षमा जीतेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ ।
महासङ्घको मङ्गलबार भएको चौथो जिल्ला अधिवेशनले ठाकुरको नेतृत्वमा नौ—सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासङ्घको उपाध्यक्षमा प्रभा देवी, सिकेन्दा यादव, अजय ठाकुर, रमाकान्त पण्डित, सुनौलीदेवी ठाकुर, कोसिला देवी, लक्ष्मण ठाकुर र एकलास देवी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, भक्तपुरमा नाई टे«ड युनियनको एक भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । सो भेलाले जीतेन्द्रकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा रमाकान्त ठाकुर, सचिवमा विनोद ठाकुर, कोषाध्यक्षमा अजय ठाकुर निर्वाचित भएका छन् ।
सदस्यमा वीरेन्द्र ठाकुर, इन्दल ठाकुर, आशनारायण ठाकुर, महेश ठाकुर, कपिलदेवी ठाकुर, हरि ठाकुर, रुणजय ठाकुर निर्वाचित भएका छन् ।