back
CTIZAN AD

प्रभु बैंकको ४ अर्ब बराबरको ऋणपत्र बिक्रि खुला, ब्याज कति ?

वि.सं.२०७८ जेठ ११ मंगलवार

675 

shares

११ जेठ, काठमाडौँ । प्रभु बैंकले आज जेठ ११ गतेदेखि ऋणपत्र निष्काशन खुला गरेको छ ।

बैंकले ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्ममा आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १२:३२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...