back
CTIZAN AD

नेप्सेमा सामान्य गिरावट, जलबिद्युत र जीवन बीमा तर्फ झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ जेठ ११ मंगलवार

834 

shares

११ जेठ, काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट आएको छ ।

मंगलबार समग्रमा नेप्सेमा ६ दशमलब ४७ अंकले गिरावट आउँदै २८१६ दशमलब ६० बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटीभ पनि घटेको छ । आज सेन्सेटीभमा ४ दशमलब ५१ अंकले गिरावट आएर ५०३ दशमलब ९९ बिन्दुमा झरेको छ ।

आज जलबिद्युत र जीवन बीमा कम्पनी समुहमा लगानीकर्ता झुम्मिएका थिए ।

आजको बजारमा सूचिकृत मध्ये २१९ कम्पनीका ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैंयाँ बराबरका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

त्यस्तै बरुण हाइड्रो, माउन्टेन हाईड्रो, युनिभर्सल पावर कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरुले मनग्ये कमाउँदा मल्टिप्रपोज फाईनान्स, मितरी डेभलोपमेन्ट बैंक, लुम्बिनी बिकश बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु उल्लेख्य गुमाउनेमा परेका छन् ।

आज कारोबार भएकामध्ये ८० कम्पनीको सूचक बढ्दा ९५ कम्पनीको सूचक घटेको छ भने ७ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

Market Information
Index Current Points Change %Change
NEPSE 2,816.56 6.5 0.23  
Sensitive 503.99 4.51 0.89  
Float 193.68 0.69 0.35  
Sen. Float 163.77 1.54 0.93  
Sub-Indices Current Points Change %Change
Banking 1,863.52 25.57 1.35  
Trading 4,187.76 40.25 0.97  
Hotels And Tourism 3,397.11 27.89 0.81  
Development Bank 3,335.81 53.48 1.58 
HydroPower 2,884.69 64.55 2.29  
Finance 1,613.78 1.74 0.11  
Non Life Insurance 14,619.27 253.09 1.76  
Manu.& Pro. 5,817.86 22.51 0.39  
Others 2,220.94 29.12 1.29  
Microfinance 5,626.74 2.31 0.04  
Life Insurance 18,574.13 431.59 2.38  
Mutual Fund 14.04 0.02 0.18  
Investment 103.38 1.17 1.12  

वि.सं.२०७८ जेठ ११ मंगलवार १५:३२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...