back
CTIZAN AD

नेपालमा कोरोनाको कहरः आइसीयु र भेन्टिलेटरमा मात्रै २१६४ जनाको उपचार

वि.सं.२०७८ जेठ ११ मंगलवार

642 

shares

११ जेठ, काठमाडौं । नेपालमा चैतको अन्तिम सातादेखि बढेको कोरोना संक्रमणको दोस्रो लहरको  कारण आइसीयु र भेन्टिलेटमा उपचार गराउनको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सोमबार जारी तथ्यांक अनुसार देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६९७ जना र भेन्टिलेटरमा ४६७ जनाको उपचार भइरहेको छ ।

कुन प्रदेशका अस्पतालमा कति उपचाररत छन् त ?
मन्त्रालयका अनुसार आइसीयु र भेन्टिलेटरमा उपचार गराउने मध्येमा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा सोमबारसम्मको तथ्यांक अनुसार आइसीयुमा ८५९ जना र भेन्टिलेटरमा ३०७ जना रहेका छन् ।

दोस्रोमा प्रदेश १ रहेको छ । प्रदेश १ मा सोमबारसम्म आइसीयुमा २३४ जना र भेन्टिलेटरमा ४१ जनाको उपचार भइरहेको छ । तेस्रोमा प्रदेश २ रहेको छ । प्रदेश २ मा आइसीयुमा १९२ जना र भेन्टिलेटरमा ४७ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा आइसीयुमा १६१ जना र भेन्टिलेटरमा २३ जना, गण्डकी प्रदेशको आइसीयुमा १५१ जना र भेन्टिलेटरमा ३० कर्णाली प्रदेमा आइसीयुमा ५९ जना र भेन्टिलेटरमा ८ जना तथा सूदुरपश्चिम प्रदेशमा आइसीयुमा ४१ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भइरहेको छ ।

संस्थागत आइसोलेशनमा ७,३७६ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरी रहेका १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७,३७६ जना संस्थागत आइसोलेशन र होम आइसोलेशनमा १ लाख ८ हजार ७१ जना रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको वागमती प्रदेशमा ४०,१८२ जना होम आइसोलेशन र विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा २३९२ जना रहेका छन् ।

त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । त्यहाँ होम आइसोलेशनमा २१,८८० जना र संस्थागतमा १३७४ जना रहेका छन् ।

तेस्रोमा प्रदेश १ रहेको छ । प्रदेश १ मा १३,२३९ जना होम आइसोलेशनमा रहेका छन् भने ९३६ जनाको अस्पताल र विभिन्न संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा होम आइसोलेशनमा ९,९९०, संस्थागत आइसोलेशनमा २१५, सुदूरपश्चिममा होम आइसोलेशनमा रहनेको संख्या ८,९९३ जना र संस्थागत आइसोलेशनमा १३३६ जना, प्रदेश २ मा होम आइसोलेशनमा८१४६ जना र संस्थागत आइसोलेशनमा ७४८ जना र कर्णाली प्रदेशमा होम आइसोलेशनमा ५,६४१ र ३७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

बैशाखमा मात्रै १५७९ जनाको निधन
नेपालमा चैतको अन्तिम सातादेखि सुरु भएको दोस्रो लहरको कोरोना संक्रमणका कारण बैशाखमा मात्रै १५७९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी दैनिक मृत्युको विवरण अनुसार बैशाख महिनामा मात्रै १५७९ जनाको मृत्यु भएको हो । बैशाख महिनामा सबैभन्दा बढी बैशाख २८ गते २२५ जना, बैशाख ३० मा २१४ र बैशाख ३१ मा २०३ जनाको मृत्यु भएको हो । photo-agency

 

वि.सं.२०७८ जेठ ११ मंगलवार १७:२० मा प्रकाशित

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...