back
CTIZAN AD

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

वि.सं.२०७८ जेठ १२ बुधवार

2.3K 

shares

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी मुनीले केपी शर्मा ओली नेतृत्वको सरकार भारतको सहयोगमा चलेको बताएका छन् । भारतीय द ललनटप नामक एक टेलिभिजनसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

एसडी मुनीका अनुसार नेपालको राजनीतिमा देखिएको पछिल्लो घटनाक्रम र राजनीतिक समिकरणमा भारतको सहयोग छ । उनका अनुसार भारतको सहयोगअनुसार नै ओलीले संसद विघटन र चुनावको घोषणा गरेका हुन् ।

‘भारतको सरकार ओलीलाई समर्थन गरिरहेको छ, पछिल्ला कदमहरु भारतकै सहयोगमा चालिएका छन्’, एसडी मुनीले भनेका छन ।

उनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चीनको प्रभावमा रहेको भारतले बुझेको छ । ‘अहिले भारतले ओलीलाई चीन विरोधीको रुपमा बुझेको छ’, उनले भनेका छन्, ‘प्रचण्ड र देउवालगायतका नेतालाई चिनियाँ प्रभावमा काम गर्नेको रुपमा बुझेको कारण भारतले उनीहरुलाई सहयोग नगरेको हो ।’

एसडी मुनीले बताएअनुसार भारत चुनावको पक्षमा छैन् । घोषित चुनावको बीचमा उ चीन विरोधी समिकरण बनाउने कोसिसमा छ ।

‘मेरो बुझाईमा भारत स्पष्ट नहुँदा नै नेपालमा ओलीले अस्थिरता बनाईरहन संसद विघटन गर्दै चुनावको घोषणा गरेका हुन्, मलाई लाग्छ, भारत आगामी ६ महिनासम्म नेपालमा नयाँ–नयाँ समिकरण बनाउने कोसिस गर्नेछ’, टेलिभिजन कुराकानीमा उनले भनेका छन्, ‘भारतको कोसिस नेपालमा चीनको प्रभाव घटाउने शक्तिलाई अगाडि लैजानु हुनेछ, अहिले भारतको ध्यान नेपालका लोकतन्त्रवादी दलहरु प्रति छैन्, सामरिक हिसाबले महत्व राख्ने शक्तिलाई अगाडि बढाउनु नै भारतको इच्छा हो ।’

हेर्नुहोस् भिडियोमा एसडी मुनीको विचार

वि.सं.२०७८ जेठ १२ बुधवार १८:१२ मा प्रकाशित

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...