१२ जेठ, तानसेन, पाल्पा । एनआरएनएन अफ्रिकाको अक्सिजन सिलिण्डर अभियान पाल्पामा पनि पुगेको छ ।
बुधबार बुद्ध जयन्तीको अवसर पारेर पाल्पा जिल्ला अस्पताल र पाल्पा जिल्लाका स्थानीयतहका स्वास्थ्य केंद्रहरुलाई एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्र्तगत ३५२ थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को ब्यबस्थापन तथा सहयोगमा पाल्पा अस्पताल, मिसन अस्पताल, एलएमसी, रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, बगनास काली, तीनाउ, माथागढी, रिब्दीकोट र रैनादेवी पालिकाका स्वास्थ्य चौकी र आइसोलेसेन सेन्टर गरि ३५२ थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।
संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका थिए भने आर्थिक संयोजन एनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भए पनि तत्काल आबश्यक अक्सिजन पुगाउन सकिएकोमा खुशी ब्यक्त गरे । थापाले सहयोग गर्ने लायन्स क्लब र सबै दाताहरुमा हार्दिक आभार ब्यक्त गरेका छन् ।
उनका अनुसार संघले आजै अछामका अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहित सहयोग पुर्याउदै छ भने जुम्ला अस्पतालका लागि भोलि सहयोग पठाउनेछ ।
एनआरएनए अफ्रिकाद्धारा गुल्मीका कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण
वि.सं.२०७८ जेठ १२ बुधवार १८:४२ मा प्रकाशित






























