back
CTIZAN AD

बुद्ध पूर्णिमाको सार्थकता ‘निर्बिचार प्रति महाक्रान्ती’

वि.सं.२०७८ जेठ १२ बुधवार

1.3K 

shares

बुद्धले जब बुद्धत्व प्राप्त गरे तब बिज्ञानले गरेको भन्दा कठिन कार्य उनले गरेका छन् । बिज्ञान त संंसारिक वस्तु माथी मात्र निरपेक्ष भाव राख्न प्रेरित गर्छ, जो अति सरल देखिन्छ । तर बुद्धले स्वयम् प्रति निरपेक्ष भाव राख्न सिकाउँछन जो अत्यन्त कठिन सावित भैरहेको छ ।

बिज्ञान बहिर्मुखी छ जबकी बुद्धको बिज्ञान अन्तर्मुखी । र धर्म भनेकै अन्तर्मुखी बिज्ञान हो । बुद्धले भनेका छन , ूजसरी विना कुनै धारणा बनाइ अरुलाइ हेरिन्छ त्यसरी नै स्वयम् आफूलाई पनि हेर धारणा रहित भएर’ । तर यो अलि कठिन छ विना धारणा आफूलाई हेर्न सक्नु लगभग असम्भव जस्तै छ । किनकी हामी सबैले आ–आफ्नो आकृतिको हाम्रो आफ्नै धारणा छ, मनमा हामी आफ्नो स्वर्ण प्रतिमा बनाएर बसेका छौं, कल्पनाको, सपनाको, इन्द्रधनुषको ।

बुद्ध भन्नूहुन्छ कि यी प्रतिमाहरु छोडनु होस नत्र त तपाईं आत्म साक्षात्कार गर्न सक्नु हुन्न । ‘तपाईं को हो ?’ यो धारणा छोडनुस । तपाईं को हो ? यी सबै ‘केही हो’ भन्ने धारणा छोडनुस । निरधारणा भएर भित्र प्रवेश गर्नुस, स्वयम् भित्र । अहिले त तपाईं हामीलाई केही थाहा छैन, हामी को हौं ? र यो धारणा धेरै सुक्ष्म कुरा हो । धारणा नै व्यर्थ कुरा हो चाहे त्यो साधुको होस या फेरि असाधुको किनकी हामी जब भित्र बिराजमान भएकोलाई प्राप्त गर्छौ तब स्वयम् परमात्मालाई नै पाउछौं । किन हामी हरेक अवस्थामा सानोसानो धारणा बनाएर बसेका छौं ? यी स–साना धारणाको कारणले हामी भित्र बिराजमान ‘बिराट स्वरुप’ लाई देख्न सक्दैनौं । यो सांसारिक आँखा यति सानो छ कि त्यो बिराट समाहित हुनै सक्दैन । यस्तोमा जब हामी भित्र प्रवेश गर्छौं भनेपनी धारणामा उल्झिराखेका हुन्छौं ।

बुद्धले भन्नू हुन्छ ‘तिमी भित्र पनि यसरी प्रवेश गर कि तिमिलाइ केही थाहा नै छैन’ ‘शान्त, मौन, आफ्नो अज्ञानलाई धारण गरेर भित्र जाउ’ तब तेतिबेला जे देखिन्छ, तेसैले सारा अँखा खोलिदिन्छ । एउटा ज्ञानि, आँखा बन्द गरेर कसरी ध्यानमा बस्छन् तर जव उनलाइ ध्यान लाग्छ र हुन्छ तब आँखा यसरी खुल्छन फेरि कहिलेइ बन्द हुदैनन् ।

जसलाइ हामीले बिचार बुझीरहेका छौं, कहि गौर गरेका छौं कि त्यो के हो ? म हिन्दु, म मुसल्मान, म ब्राह्मण, म शुद्र, म सहि, म गलत, यस्तै यस्तै । यो हामीले मानेको होइन ? कि बिचार सबै हाम्रो आफ्नो हो भनेर । मन त एउटा चौतारी हो बिचारका यात्री हरु आउदै गर्छन् र जाँदै गर्छन् । कुनै बिचार यस्तो हुन्छ जो हाम्रो मन भएर यात्रा गर्छ अनि हामिलाइ लाग्छ कि त्यो हाम्रो आफ्नो बिचार हो । तर सत्य त्यो होइन । त्यो त केवल संयोग मात्र हो ।

हामी जुन जातको घरमा जन्मिएको हुन्छौं तेहि जातको धारणा बनाउछौं । यो सबै संयोगको कुरा हो । हामी जहाँ राखियौ तेहि भयौं । संयोगमात्र हो कि हामी कहाँ राखियौं । संयोग मात्र हो कि हामी हिन्दुको घरमा जन्म लियौं कि मुसलमानको घरमा जन्म लियौं । यसकै कारणले न हामी हिन्दु हुन्छौं न मुसलमान तर मानेर बसेका छौ यहि कुरा । यसैगरी हामिले गिता, कुरान, बाइबल या जे पढ्छौ त्यसलाई आफ्नो धारणा बनाएर बस्यौं । यस्तै विचारका श्रृङखलाहरु चल्न हामी भित्र, तैरन थाले भने बिचारहरु बिचारको बहाव बढदै गयो र हामी ती सबै बिचारको मालिक बनी हाल्यौं । यो श्रृङखलामा हाम्रो के छ ? कुनै बिचार हाम्रो छैन । र हामीले देख्यौं पनि बिचार कति छिटो परिवर्तन भै रहेको हुन्छ । बिचार धेरै अवसरवादी हुन्छ । बिचार धेरै राजनितीज्ञ हुन्छ । जब मौका मिल्छ तुरुन्त पार्टी बदल्न समय लाग्दैन बिचारलाई बदलिन । त्यसैले बिचार धेरै अवसरवादी हुन्छ । बिचारको धेरै भरोसा गर्न सकिदैन । मन धेरै नै राजनीतिक हुन्छ।

त्यसैले धार्मिक व्यक्ती राजनीतिक हुदैन किनकी धार्मिक हुनुको अर्थ हो मनको पार हुनु । मनको पारी जो चैतन्य हुन्छ उसमा बिराजमान हुनु । बिचारहरुको द्वन्दबाट निस्कनु, बिचारहरुको द्वन्द नै हामीलाई बेइमान बनाएको हुन्छ, आडम्बरी बनाएको हुन्छ, अवसरवादी बनाएको हुन्छ गलत बिचर मन रोग हो, यसबाट धोइनु जरुरी छ ।

बुद्ध भन्नुहुन्छ कि जो मनबाट मुक्त हुन्छ त्यो आवागमन बाट मुक्त हुन्छ किनकी मन ले नै हामी भित्र आवागमन लाई चलाउछ । मन आफै चल्छ र हामीलाई चलाउँछ । मनको चल्ने प्रकृया रोक्ने बित्तिक्कै हाम्रो अस्थिरता पनि रोकिन्छ । तब यो निर्बिचार यात्राको पहिलो कदम हुन्छ ।

हामी मन होइनौ भने मनका बिचारहरुसँग के सम्बन्ध ? न त ईश्वरको सम्बन्धको बिचारलाई लिनु, न आत्माको सम्बन्धको बिचारलाई लिनु, न त शुभ सम्बन्धको बिचारलाई न अशुभ सम्बन्धको बिचारलाई लिएर हिड्नु । बिचारलाई पकडेर कहिल्यै निर्बिचार सम्म पुग्न सक्दैन । बिचारलाई छोडनु छ र निर्बिचारमा स्थिर हुनु छ यहि महाक्रान्ती बुद्धले संसारमा ल्याउनु भयो । यहि नै बुद्ध पूर्णिमाको सार्थकता हो ।

वि.सं.२०७८ जेठ १२ बुधवार १९:४३ मा प्रकाशित

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...