Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रवासी नेपाली मञ्चको अधिवेशनका लागि एमाले अध्यक्ष ओली अमेरिका आउने



kpoli-kRkH--621x414@LiveMintविजय थापा ,वाशिंगटन डिसी । अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् ।

प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा निमन्त्रणा गरिएको छ ।आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधान मन्त्रि ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए ।

दोश्रो अधिवेसन तीन दिन सम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घघाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने । मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ । यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ ।

स्थापना काल देखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ । मञ्चले समाज सेवा अन्तर्गत भुकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिने देखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ ।

उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए िस्थापना काल देखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भए पछि वर्तमान महा सचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ ।

वर्तमान महा सचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरु संग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ । थापा प्रष्ट वक्ता हन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनीसंग अनुभव रहनु को साथै बाल्टिमोर स्थित बानाका पूर्व महासचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् ।onf logo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।