back
CTIZAN AD

प्रवासी नेपाली मञ्चको अधिवेशनका लागि एमाले अध्यक्ष ओली अमेरिका आउने

वि.सं.२०७३ माघ २७ बिहीवार

693 

shares

kpoli-kRkH--621x414@LiveMintविजय थापा ,वाशिंगटन डिसी । अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् ।

प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा निमन्त्रणा गरिएको छ ।आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधान मन्त्रि ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए ।

दोश्रो अधिवेसन तीन दिन सम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घघाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने । मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ । यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ ।

स्थापना काल देखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ । मञ्चले समाज सेवा अन्तर्गत भुकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिने देखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ ।

उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए िस्थापना काल देखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भए पछि वर्तमान महा सचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ ।

वर्तमान महा सचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरु संग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ । थापा प्रष्ट वक्ता हन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनीसंग अनुभव रहनु को साथै बाल्टिमोर स्थित बानाका पूर्व महासचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् ।onf logo

वि.सं.२०७३ माघ २७ बिहीवार ०५:१० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...