१४ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ३० कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा मुस्ताङका २, पर्वतका २, गोरखाका ३, तनहुँका ६, कास्कीका १२, बाग्लुङका १, स्याङजाका ३ र नवलपरासी (पूर्व) का १ गरी ३० जनाको मृत्यु भएको हो ।
पछिल्लोपटक थपिएका ३० जनासँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ८०८ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ८०८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा मस्ताङ, १, मनाङका १, म्याग्दीका ८ पुरुष र ४ महिला गरी १२, पर्वतका ६० महिला र ७३ पुरुष गरी १३३, गोरखाका ३८ महिला र ३९ पुरुष गरी ७७, लमजुङका १ महिला र ३ पुरुष गरी ४, तनहुँका २२ महिला र ३२ पुरुष गरी ५४, कास्कीका ९१ म्हिला र ११८ पुरुष गरी २०९, बाग्लुङका ५९ महिला र ७३ पुरुष गरी १३२, स्याङजाका २१ म्हिला र ३० पुरुष गरी ५१ र नवलपरासीपूर्वका ६२ महिला र ७२ पुरुष गरी १३४ जना रहेको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १८:११ मा प्रकाशित






























